२१ मंसिर २०८२, शनिवार

वेदमा के छ ?  के छैन ?

तिर्थराज ढकाल 

 वेदमा के छ ?   वेद शब्दको निर्माण सस्कृतको विद धातुबाट भएको हो।यसको अर्थ ज्ञान हो ।वेद ज्ञानको महासागर हो।सर्वप्रथम वेदका मन्त्रहरू ब्र्ह्माजीले देवताहरूलाई सुनाउनु भएको विश्वास गरिन्छ।अलिखित रुपमा आएकोले यसलाई अपौरुषेय र सुनेर कण्ठस्थ गरिने हुँदा श्रुति पनि भनिन्छ।वेदको ब्यवस्थापन र विभाजन महर्षि ब्यासले गरेका हुन भन्ने मान्यता छ।ऋग् ,यजुर् ,साम र अथर्व चार प्रकारका वेदहरू छन।ऋग्को अर्थ स्थिति ,यजुर् रुपान्तरण ,साम गतिशीलता र अथर्वको अर्थ जड हो ।वेदका चार उपवेद ,छ वटा अंग र छ वटा उपअंगहरू छन।आयुर्वेद,धनुर्वेद,गान्धर्ववेद र स्थापत्यवेदलाई वेदको

 उपवेद मानिन्छ।शिक्षा ,कल्प ,छ्न्द ,निरुक्त ,ज्योतिष र ब्याकरण वेदका अंगहरू हुन।सांख्य ,योग ,न्याय,वैशेषिक,मिमॉंसा र वेदान्त यसका उपअंगहरू हुन।संहिता ,ब्राह्मण,आरन्यक र उपनिषद वेदका चार भागहरू छन।संहिता भाग वेदको मन्त्रहरूको सँगालो हो।यो पध्यमा छ ।जसलाई मन्त्र वा ऋचा भनिन्छ।ब्राह्मणमा वेदको कर्मकाण्डको ब्याख्या गरिएको छ ।आरन्यक जंगलमा ऋषिहरूले लेखेका हुन।यसमा वेदको कर्मकाणड र ज्ञानकाण्ड दुबैको मिश्रित वर्णन छ ।उपनिषदमा वेद भित्रको दार्शनिक पक्षको विशद चर्चा गरिएको छ।वेदलाई धर्मको मूल ( जरा) मानिन्छ ।यो हिन्दुहरूको धार्मिक संविधान समेत हो।

  वेदमा के छैन?

          वेदमा हात्तीले माला लगाएर नवराजलाई राजा बनाएको ,तसलाले छोपिराखेको गोबरबाट गोमा उत्पति भएको कथा छैन।वेदमा जीबित हुदैनन् बोका र हात्तीको टाउको जोडेर दक्ष र गणेशहरू । बोल्न सक्तैनन् शीर काटिएका बर्बरेहरू ।तेत्तिस कोटी देवताहरू र दक्षको तेत्तिस कोटी छोरीहरूको बिहेको अनौठो संयोग वेदमा भेटिदैन ,अनि जालन्धरको भेषमा नष्ट गर्दैनन् , बिष्णुले बृन्दाको सतीत्व ।आगो तापेकै कारण गर्भिणी हुदैनन् ऋषिपत्नीहरू ।कुन्तीले जँन्माउदिनन् कानबाट कर्णलाई ।मान्छेको बिर्यपान गरेर गर्भिणी हुन्न माछी ।जँन्माउदिन मत्स्यगन्धालाई ।गौमाताले मान्छे ब्याउदिनन् ।जन्मदैनन् गोकर्णहरू ।वेदमा छोरामान्छे दोजिया भएर मान्धाता जन्मिएको कथा  भेटिदैन ।मानिसको रुपमा डस्न आउदैन तक्षक ,राजा परिक्षितलाई ।कुनै जंगलमा पाइला टेक्नासाथ लिंग परिवर्तन हुने ,मानिसको भालुसँग बिवाह हुने ,छोराको जवानीसँग आफ्नो बुढयाँइ साट्न मिल्ने ,जस्ता बिज्ञानलाई समेत चुनौती दिने,प्रकृतिको नियम बिरुद्दका काइते र रोचक किस्साहरू वेदमा पाँइदैन।राजा धृतराष्ट्रका सय र राजा सगरका साठी हजार छोराहरूको जन्मकुण्डलीहरू वेदमा  छैन ।वेदमा सुनको मृग बनेर सीताको समीपमा नाच्न आउदैन मारिच ,अनि लाउदैनन् मित्तेरी रामचन्द्रले सुग्रिबसँग ।सुरशाको मुखमा पसेर जिउँदै निस्कने ,द्रोणाचल पर्वत बोकेर दौडने,उडेर क्षार समुन्द्र पार गर्ने र लंका शहरमा आगो झोस्ने महाबली हनुमानका बीरगाथाहरूको वर्णन वेदमा छैन।एक ब्यक्तिको १६१०८ जना रानीहरू भएको दही चोरेको र ठेकी फोरेको ,वर्षीको बालक कृष्णजीले भीमकाय राक्षसी पूतनाको स्तन चुसेर ठॉउको ठॉउ ठहरै बनाएको, यस्ता अनगिन्ती रमाइला चुड्किलाहरूको श्रिंखला वेदमा भेटिदैन ।पतिको मृतशरीरसँगै जलिरहेका नारीहरूको करुण चीत्कार ,पुरुष हैकमवादी दासताको फलामे सिक्रीहरू ,जाति ,लिंग र वर्गभेदका संकुचित भावना र छुवाछुतका बाछिट्टाहरू ,गरीबका रगत ,पसीना र हाड घोटेर ठडिएका सामन्तहरूका दुर्गन्धित महलहरू आदी वेदमा छैन।उसोभए वेदमा छ चै के त ? यसको उत्तरको लागि अर्को अंकको प्रतीक्षामा रहनु होला ।धन्यवाद 

      डिसेम्बर ५ ,२०२५, अमेरिका अर्कान्सास्,

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.