९ भदौ २०८२, सोमवार

गजल

  (एक)

मेरो हारमा उ खुशी छे? हराई दिनुहोस ।

नत्र कसरी उ मेरी बन्छे बताई दिनुहोस ।

यहाँ मान्छेले कुकुर  जस्तै व्यबहार गर्छन 

लौन मान्छेलाई मान्छेजस्तै बनाई दिनुहोस ।

डाक्टर-साब म भोकले गर्दा निदाएकै छैन 

प्लीज मलाई भोक नलाग्ने दबाई दिनुहोस ।

बिहान बेलुका साँझ हरेक रात लुटिन्छ रे

आउ सहिद फेरी देशलाई बचाई दिनुहोस ।

मैले आज सम्म कसै-लाई नराम्रो बोलिन 

साथी भन्छ लौन यसलाई पिलाई दिनुहोस ।

हिजो अदालतको फैसलामा थुन्ने आदेश छ नेता भन्छन यो हाम्रो हो सफाई दिनुहोस ।

(दुइ)

केही आफ्ना छन केही पराई सुन्दिनुस न ।

 मेरा मनका पनि थोरै भनाई सुन्दिनुस न ।

यो देश तपाईं हाम्रै कारण यस्तो भएको हो 

कुरा एउटा अर्कै छ काम गराई सुन्दिनुस न ।

छोराहरुले अब शान्त रहन जानेको हुनुपर्छ 

   बा को एउटै छ सुँगा रटाई सुन्दिनुस न ।

   न कहिँ पुग्नु छ न कसैलाई कुर्नु नै छ 

समान देखिन्छ सागरको दौडाई सुन्दिनुस न ।

म काडा भित्र फुलेको सुन्दर फुल हो प्रीया

मेरो छुट्टै छ जिवनको भोगाई सुन्दिनुस न ।

सुवासचन्द्र ढुङ्गेल , बैतेश्वर_७,मार्बुटार, दोलखा

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.