२ मंसिर २०८२, सोमवार

गजल

डा. टिका ढकाल 

चुरापोते पोते धागो ल्याउनु भेट्न आउदा खेरी,

मिठा मिठा गीत गाउनु भेट्न आउदा खेरी ।

आँखा भित्र सजिएको मुस्कानले भरि

पलपललाई रंगिन बनाउनु भेट्न आउदा खेरी ।

शब्दले भन्दा बढी अनुभुतिको भाबले

मनलाई मनसँग बुझाउनु भेट्न आउदा खेरी ।

थाकेका यात्रामा आशाका अभिलाषा बोकि

सपना फेरि सजिलै सजाउनु भेट्न आउदा खेरी ।

दूरिका  कठिन क्षण  हराउँछन् त्यस  पछी 

माया मात्रै मायाले पाउनु भेट्न आउदा खेरी ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.