तिर्थराज ढकाल , बाह्रबिसे -९ राम्चे, सिन्धुपाल्चोक
(ज)जीवनशैली :
यहॉको जीवनशैली भौतिक सुबिधा सम्पन्न छ।ए सी र हिटरयुक्त घर ,निजी गाड़ी ,चिसो र तातोशुद्द पिउने पानी ,खाना बनाउन पाइपलाइनमा ग्यॉस ,हिटर ,पंखा ,चौबिसै घण्टा बिध्युतको उपलब्धता ,घरको ढोका सटर ,गाडीको ढोका आदी रिमोटबाट खोल्न र बन्द गर्न मिल्ने ,घर सफा गर्न ,भॉडा माज्न ,कपड़ा धुन , घॉस काट्न ,फूल गोड्न ,आदि सबै कामको लागि मेशिनको प्रयोग ,जता गए पनि निजी गाडी , पैदल हिड्न नपर्ने,उपभोग्य बस्तुको खरिदको लागि सबै सामनहरू एकै ठॉउमा पाइने ठूल्ठूला सपमलहरूको उपलब्धता सामन किनेपछि आफैले कम्प्युटरमा बिल काटेर भुक्तानी गर्न सकिने ,पैसाको प्रयोग नहुने,सबै कारोबार क्रेडिटकार्डबाट हुने ,होम
डेलिभरीको, ब्यवस्थित र विश्वसनीय सुबिधा,मिसावटरहित खाध्बस्तु ,बिषादी रहित तरकारी र फलफूलहरू ,प्रमाणीकरण नभएका सामनहरू बिक्री बितरण गर्न नपाइने नियम, धुवॉ र धुलोरहित सफा र स्वच्छ वातावरण ,रोजगारीको सुनिश्चितता ,हप्तामा ५ दिन काम २ दिन बिश्राम ,कतिपय अवस्थामा घरबटै काम गर्न पनि मिल्ने,श्वास्थ्य उपचारको राम्रो प्रबन्ध ,६५ उमेर कटेका नागरिकहरूलाई निर्बाहभत्ताको ब्यवस्था र नर्सिंहोमको सुबिधा,बालबच्चाको लागि शिशुस्याहार केन्द्र,शान्त सामाजिक वातावरण,कक्षा १ देखि १२ सम्म निशुल्क शिक्षाको ब्यवस्था ,थोरै श्रम गरे पुग्ने ,श्रमप्रति सम्मान ,समयको सही प्रयोग,कसैको घरमा जान परेमा अग्रिम समय लिन पर्ने ,न कसैको आह न कसैको डाह ,निश्चिन्त भएर बृत्ति बिकासमा लाग्ने अवसर, शान्ति सुरक्षाको पूर्ण अनुभूति ,शहरिया रमझम,राम्रा विध्यालय कलेज र विश्वविध्यालयहरू ,सिनेमाहल ,नाट्यशाला,
पुस्तकालय,वाचनालय,खेल मैदान,पार्कहरू ,हुलाक,सेवा आदी सुबिधाका कारणहरूले पनि अमेरिकाप्रति मानिसहरू लोभिएका हुन कि ?
झ) संस्कार र सभ्यता :
विभिन्न देशका मानिसहरूको बसोबास भएकोले यहॉको समाज पनि मिश्रित नै छ।सबै देशका जातजातिहरुको बसोबास भएपनि यहॉ गोराहरू बढी औपचारिक ,शिष्ट र संस्कारयुक्त हुदारहेछन ।छिमेकीहरू कहॉ आउजाउ गर्न नरुचाए पनि औपचारिकतामा सचेत हुदा रहेछन।सबैको निजी गाड़ी भएकोले प्राय मानिसहरू भेटिदा रहेनछन ।बिहान र सॉझ केही मानिसहरू वाकिंमा निस्कदा रहेछन ।कि सपिंमलमा मानिसहरू भेटिदो रहेछ।बाटो हिडेको मानिसलाई गाडीबाटै अभिवादन गर्ने,गुड मर्निं,नाइस मर्निं ,हाएभ् अ गुड डे ,नाइस टु मिट यु भन्ने जस्ता औपचारिकताको निर्बाह गर्दा रहेछन ।एस्क्युज र सरी जस्ता शब्दहरू धारा प्रयोग हुदो रहेछ।हस्पिटलहरूमा रोगीहरूलाई तथा सरकारी कार्यालयहरूमा सेवाग्राहीहरूलाई हार्दिकतापूर्ण र शिष्ट व्यवहार गरिदो रहेछ।सिष्टमलाई पूर्णरूपले फलो गरिदो रहेछ।बुढाबुढी मात्र हैन युवायुवतीहरू पनि कसैसंग आॉखा जुधनासाथ मिठो मुस्कानसंगै हाई हेल्लो जस्ता शिष्टाचारका शब्दहरू निकाल्दा रहेछन।
( ट)गॉउ शहर र सड़क :
अमेरिकाको कुल जनसंख्या मध्ये ८२ शहरमा र १८ प्रतिशत गॉउमा बसोबास गर्दा रहेछन।यहॉ ठूला शहरलाई ( डाउन टाउन) साना शहरलाई ( सिटी ) र गाॉउलाई ( काउन्टी) भनिदो रहेछ।डाउन टाउनमा गगनचुम्बी भवनहरू हुदा रहेछन।यी घरहरू सरकारी कार्यालय ,उध्योग तथा कलकारखानाहरू ,ठूलठूला होटेलहरू आदी प्रयोजनको लागि प्रयोग गरिदो रहेछ।सफा र चौडा सडक फूल र बत्तिको रंगीचंगी ,पानीको फोहोराहरू ,ठूला र आकर्षक पार्कहरू ,हरिया चौरहरू ,पोखरी,ताल-तलैया विशाल सपिंमल आदीले शहर सिंगारिएको हुदोरहेछ।जनसंख्याको ठूलो हिस्सा सिटीमा बसोबास गर्दा हेछन।
सिटीका घरहरू इट्टा र काठ मिश्रित प्राय भुइ तले,एकातिर वाटरप्रुफ वाला टायलको छत भएको,एउटै डिजाइनको ,एकनासे हुदा रहेछन ।घरअगाडि प्रांगणमा कतै हार मिलाएर दुबो लगाइएको कतै फूलले सजाएर आकर्षक बनाएको हुदो रहेछ।घरहरू पंतिबद्द हुदा रहेछन।घरबाहिरको सरसफाइ ,बत्ती ,ढल आदीको ,ब्यवस्था यच् यन् ए ले गर्दो रहेछ।त्यो हाम्रो टोल सुधार समिति जस्तो संस्था रहेछ।घरधनीले त्यसलाई निश्चित रकम मासिक रुपमा तिर्न पर्ने रहेछ ।घरसम्म जाने पिच सडक ,बत्ती ,पानी,ढल,ग्यॉसका पाइपहरू आदी आधारभूत तह पूरा नगरी घर बनाउन पाइदो रहेनछ।सिटी मा विध्यालय, विश्वविध्यालय,अस्पताल,खेल मैदान,पुस्तकालय,वाचानालय,पार्क चौर ,सिनेमा हल,नाट्यशाला,नर्सींहोम ,बालगृहआदी सबैको राम्रो ब्यवस्था हुदो रहेछ ।यहॉको जमीनलाई भूबनोट ,माटोको गुण र जलवायुको आधारमा बसोबासक्षेत्र,कृषिक्षेत्र,पशुपालन,चरीचरन,फलफूलखेति,सिमसारक्षेत्र,पर्यटन क्षेत्र आदि विभिन्न श्रेणीमा बिभाजन गरेर सोही प्रयोजनको लागि मात्र प्रयोग गरिदो रहेछ।
यहॉ इन्टर स्टेट र हाइवे दुई प्रकार का सडक हुदा रहेछन।एउटा स्टेटबाट अर्को स्टेट जोड्ने सडकलाई इन्टर स्टेट सडक भनिदो रहेछ।यस्ता सडकहरूमा क्रसिंल्याम्प हुदा रहेनछन।यहॉ चल्ने सवारी साधनको गति पनि तीब्र हुदो रहेछ।माकुराको जालो जस्तै जेलिएका सडकहरूमा कमिलासरी गाडीहरू हुइकिदा रहेछन।हर्न बजाउन पाइदो रहेनछ।ट्राफिकहरू हुदा रहेनछन।सबै गतिविधि क्यामेराबाट निरिक्षण र नियंत्रण हुदो रहेछ।सडकको पहिलो अधिकार पैदल यात्रीको हो ,भन्ने मान्यता रहेछ।पोलमा रहेको स्विच थिच्नासाथ हरियो बत्ती बल्दो रहेछ र गाडी रोकिदो रहेछ।हाइवेका बीचबीचमा सुबिधासम्पन्न शौचालयहरू हुदा रहेछन ।साबुनसहित चिसो तातो पानीको,ब्यवस्था हुदो रहेछ।तर शौचको लागि पानीको ब्ववस्था हुदो रहेनछ।पेपरबाट काम चलाउनु पर्ने,हामी बानी नपरेकालाई असजिलो हुदो रहेछ ।न्युवर्कमा बाहेक अन्य ठूला शहरहरूमा पनि यात्रुबाहक रेल देखिएन ।समान ओसार्ने कार्गो रेल चाही देखिन्थे।कोलोराडोमा मेट्रो रेलको यात्रा गरिएको थियो।अष्ट्रेलियामा चाहि सार्वजनिक बस र रेलको राम्रो सुबिधा रहेको पाइयो।
क्रमश: दिनांक ,सेप्टेम्बर ६ ,२०२५ अर्कान्सस्,अमेरिका ,
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.