१२ मंसिर २०८२, बिहिवार

कहाँ पुग्यो जेन्जी आन्दोलन ??

युवराज संग्रौला 

(गाउँ बाट आएका र कामगरी खानेका गोली खाने छोराछोरीलाई पछाडि पारेर शहरका धनीका छोराछोरी, बिदेशमा पढेका मात्र जेन्जीका नेता बन्न खोजे)

स्पष्ट बिचार र नेतृत्व बिनाको आन्दोलन अन्ततः असफल मात्र हुने होइन, त्यसले समाजलाई अराजक्ता र रास्ट्रमा बाहिरियाको घुषपैठ बढांउछ। अहिले सडकमा देखिएका "अनेक जेन्जी छ्न।" नेतृत्व कंहै छैन। जोस धेरै छ तर्क कम्जोर। जेन्जी भनेर "लुटन हिंड्ने सम्मका" समुह बनेका छन। कति जेन्जी समूह दलका पछाडि कुदिरहेका छन। उनिहरुलाइ चुनाव जित्नु छ। भ्रम छ, उनिहरुलाइ मानिस्ले डालैले भोट खन्याइ दिनेछ्न। जस्ले जेन्जी आन्दोलनमा आफ्नो भुमिका देखाए उनिहरुले आन्दोलनले नेतृत्व दाबि गर्नै सकेनन।

१. आन्दोलनले आकार लिएकै थिएन, केही सत्ताका भोकाहरुले उनिहरुलाइ दल बनाउन प्रयोग गर्न थाले। यो देश बिगार्न उनिहरु राजनीतिलाई आफ्नो स्वार्थको घोडा बनाइरहेका छ्न। जेन्जी मध्यका कोहि त दल खोल्न थाले अनि नेता झैं देखिन थाले। मिराज भन्ने भाइको समूह म कहाँ आएको थियो, मैले राम्रो संङ्ग संझाएं। पहिला एउटा कमिटी बनाएर सामुहिक छ्लफल गर्दै निर्णय गर्ने एउटा लोकतान्त्रिक बाटो बनाउ भनें। संबिधान र निर्वाचनका संबन्धमा प्रशिक्षण गर्न सहयोग गर्छु भनें। ठाउँ खोज्दिए। जुन दिन प्रशिक्षण गर्ने दिन थियो, उता उन्ले त पार्टीपो खोलेछ्न। थुप्रै हामिजस्ताले सहयोग गर्दै निर्वाचनको बाताबरण बनाउन सहयोग गर्न खोझ्यौं। जेन्जीहरु मन्त्रीको दौडमा लागे। उनिहरुमा छ्लफल गर्ने र योजना बनाउने धैर्यता देखिएन। मैले यो बाटो देखाउने प्रयास त गरें। तर मैले नै दनक खानुपर्ने हुन सक्छ।

२. सुदन समूह भन्दै अर्को समूह आयो। लामो कुरा भयो। राजनीति गर्ने इच्छा थियो। धेरै कुरा भयो। आउनुहोस हामी बाटो देखाउने प्रयास गर्छौं भने। तर आएनन। 

३. प्रवेश दहालको समूह आयो। त्यही भयो। उनिहरुले ठाने नेता हुनु त जादुगरी जस्तै हो। उनीहरुको दिमागमा सिंहदरबारका कुर्सीको भोक लाग्यो।

४. आज थुप्रै नेताहरू विवादास्पद छन र समाजले उनिहरुलाइ मर्ने गरि आलोचना गरेको छ। तर उनिहरु नेताहुन धेरै मेहनत र संघर्ष गरेका छ्न। यो कुरा जेन्जीले उनिहरुबाटै सिक्नुपर्ने थियो। आज जेन्जी सरकार माथी खनिएका छ्न। देशमा दृश्य अदृश्य शक्ति खेलीरहेका छ्न। उनिहरुलाइ यस्को मतलव छैन। उनिहरुका समूह फुटेका छ्न। उनिहरु राजनीति दल जस्तै भएका छ्न। उनीहरुको मिल्ने र फुट्नेको सिमा छैन। उनिहरु हामी संङ्ग भेट्दा भन्छ्न, "फलानाका मान्छे तान्दै छौं। हिजो उनिहरु प्रयोग भए। ज्स्को उद्देश्य पूरा हुनु थियो त्यो भयो। अब जेन्जी उनीहरुको सरोकार होइनन। किन त्सो भयो वा समस्या के रह्यो?

१. जेन्जीहरुमा देश होइन आफ्नो स्वार्थले महत्त्व पायो। उनिहरुमा अप्राप्य महत्वकांक्षा जाग्यो, र पार्टी बनाउन लागे। प्रधानमन्त्री राख्ने र निकाल्ने धुनमा लागे।

२. उनिहरु बिचारको छ्लफलमा लागेनन। उनिहरु पुरानो सबै कुरा  भत्काउने चाहनाले ग्रस्त भए। उनिहरु सिर्जनात्मक हुन सकेनन।

३. उनिहरुले बिज्ञहरुलाइ झारपात संझिय। कुरागर्न आंउदा सुन्न होइन ब्यख्यान दिन आंउथें। युवामा जोश हुन्छ र हुनुपर्छ। तर जोश संङ्गै होस पनि हुनुपर्छ।

४. उनिहरुलाइ आफ्ना गुनासा के।हुन थाह थियो। तर समग्र जनता उनीहरुको सरोकार विषय थाह थिएनन।

मेरो सल्लाह छ जसरी लड्दै हुनुहुन्छ यो लंडाइले तंपाइहरुको हार निश्चित छ। लंडाइ बिचार र तर्कमा आधारित हुनुपर्छ। लंडाइ देशको समृद्धि प्रती समर्पित हुनुपर्छ। हामीले आदत बदल्नुपर्छ। हामी हाम्रो भविष्य बनाउन सक्तैनौं। हामी हाम्रो आदत मात्र बनाउन सक्छौ र "यहि आद्तले हाम्रो भविस्य बनांउछ।" बिचार गर्नु होस र हुलदंगाबाट टाढा कसरी देश बनाउने हो भन्ने कुरा सोच्न थाल्नुहोस। लेखक संग्रौला बरिस्ठ कानुनविद हुनुहुन्छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.