डा. टिका ढकाल
देश संघीयताको ढाँचामा बसेर अघि बढ्दै थियो। कानुन निर्माण हुँदै थियो, विकासले गति लिन थालेको थियो। कमिकमजोरीहरू थिए, तर सुधार भइरहेको थियो, मुलुक बिस्तारै उकालो चढिरहेको थियो । तर बिग्रिएको स्थान संसद नै बन्यो। त्यहाँका कतिपयले राम्रो कुरा कहिल्यै देखेनन्, कहिल्यै बोलेनन्, केवल गलत प्रचार मात्र गरे।सरकार गिराउने खेलमा तछाड्मछाड मात्र गरियो ।धेरैता कोसै सग देखिएन। सञ्चार जगतले पनि सकारात्मक भन्दा नकारात्मकता मात्र बेचे। विदेशमा बसेकाहरूले यथार्थ नबुझी भ्रम मात्र फैलाए, जसले अभाव र गरिबीले थिचिएका मनमस्तिष्कमा नकारात्मक मानसिकता थपिदियो।
हो, भ्रष्टाचार थिए, कानुन गरिबलाई मात्र थियोे , सत्ताको मोह किलोझैँ गाडिएको थियो। तर यति हुँदाहुँदै पनि सुधारको बाटो खुला थियो। यदि हामीले नचाहिएका पात्रलाई चुनावमा हराउन सक्ने परिपक्वता देखाएको भए, आजको यो दुर्दशा भोग्नुपर्ने थिएन।
आज स्कुले नानीहरूको रगतमा देश रंगिएको छ। राज्यको सम्पत्ति नासिएको छ, रोजगारी दिने व्यवसायिक क्षेत्र सन्नाटाले ढाकिएको छ। राजनीतिक नेतृत्व दोष–प्रतिदोषमै अल्झिएको छ। नयाँ पुस्ताको हात राजनीतिको धज्जी उडेको छ।
यस्तो अवस्थामा बुझ्नुपर्ने कुरा के हो भने सरकार सञ्चालन भन्नु कुनै व्यक्तिको स्वेच्छाचारीपन होइन। सरकार चलाउने आधार भनेको पार्टीको सिद्धान्त (ideology), पार्टी पद्दति (procedure) र मुलुकको संविधान हो। यही आधारलाई बेवास्ता गर्ने सरकार दीर्घकालीन रूपमा टिक्दैन।
त्यसैले संविधानले तोकेको प्रक्रिया, पार्टीले अपनाएको नीति र राजनीतिक संस्कारलाई पालना नगर्ने सरकारको स्थायित्व लोकतन्त्रको लागि खतरा बन्छ। राजनीतिक संस्कार भनेको नियमित समीक्षा, जवाफदेही नेतृत्व र संविधानप्रति कठोर प्रतिबद्धता हो । आजको मुख्य आवश्यकता भनेकै संविधानलाई सर्वोच्च मान्ने, पार्टीलाई संस्कारित गर्ने र सरकारलाई पारदर्शी बनाउने हो। सरकारको स्थायित्व भन्दा बढी महत्वपूर्ण हुन्छ, सरकारको जवाफदेहिता । यसकारण, अब यो कुरा अझै स्पष्ट बुझ्न जरुरी छ सरकार चलाउने आधार व्यक्ति होइन, सिद्धान्त हो स्वार्थ होइन, नीति होअनि संविधानमाथि आस्था बिना न लोकतन्त्र बलियो हुन्छ, न त राष्ट्रको भविष्य सुरक्षित रहन्छ। ढकाल एमाले निकट नेपाल बौद्धिक परिषदको केन्द्रिय प्रचार सचीव हुनुहुन्छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.