२३ जेठ २०८३, शनिवार

नेपाली महिलाको संघर्ष, चेतना र परिवर्तनको दस्तावेज 'नारी रेखा' बिमोचन


काठमाडौँ । नेपाली महिलाको संघर्ष, चेतना र परिवर्तनको दस्तावेज "नारी रेखा" बिमोचन भएको छ ।  नेपाली महिलाले विभिन्न कालखण्डमा भोगेका संघर्ष, भेदभाव, साहस, आत्मबल र उपलब्धिका अनेक पाटा उजागर गर्ने पुस्तक ‘नारी रेखा’ सार्वजनिक भएको हो ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलद्वारा लिखित उक्त कृतिको विमोचन नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल लगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा गर्नुभएको हो। पुस्तकमा नेपाली समाजका विभिन्न तह, वर्ग, समुदाय र भौगोलिक परिवेशमा रहेका महिलाका अनुभव, संघर्षका कथा तथा उनीहरूले समाज परिवर्तनमा खेलेको भूमिकालाई केन्द्रमा राखिएको छ। कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक रूपान्तरण र विकास प्रक्रियासम्म महिलाको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले अधिकार प्राप्तिका लागि महिलाले दशकौँसम्म विभिन्न प्रकारका सामाजिक, आर्थिक तथा राजनीतिक असमानतासँग जुध्नुपरेको स्मरण गर्दै उनीहरूको संघर्षलाई इतिहासले उचित मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो।

लेखिका पौडेलले पुस्तक लेख्ने प्रेरणा आफूले देशका विभिन्न स्थानमा महिलासँग गरेका संवाद, अध्ययन र प्रत्यक्ष अनुभवबाट प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार ‘नारी रेखा’ कुनै काल्पनिक कथा नभई नेपाली महिलाको जीवन भोगाइ र यथार्थ अवस्थाको प्रतिबिम्ब हो ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै प्रा.डा. सुरेन्द्र केसीले यस कृतिलाई साहित्यिक अभिव्यक्तिभन्दा पनि सामाजिक अध्ययनका लागि उपयोगी दस्तावेजको रूपमा चित्रण गर्नुभयो। त्यस्तै मोहना अन्सारी ले महिलाप्रति अझै पनि समाजका केही क्षेत्रमा रहेको विभेदपूर्ण दृष्टिकोण हटाउन चेतनाको आवश्यकता औँल्याउनुभयो । उहाँले राष्ट्र निर्माण, लोकतान्त्रिक अभ्यास र सामाजिक परिवर्तनका प्रत्येक चरणमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

कार्यक्रममा मानव अधिकार आयोका माःसदस्य लिलि थापा ,समाबेशिका माःसदस्य पुष्प तिम्सेना ,महिला आयोयका सदस्य शावित्रा  तिवारी, प्रतिनिधि सभाको लेखा समिति सभापति माःभरत खडका समीक्षा बाँस्कोटा लगायतले लैङ्गिक समानता, महिला सशक्तीकरण र समावेशी सहभागितालाई संस्थागत गर्न यस्ता पुस्तकले सकारात्मक बहस सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

‘नारी रेखा’ केवल पुस्तक प्रकाशनको औपचारिक कार्यक्रम मात्र होइन, नेपाली समाजमा महिलाको अवस्था र उनीहरूको योगदानमाथि पुनः विमर्श गर्ने अवसरका रूपमा पनि हेरिएको छ। पछिल्ला वर्षहरूमा महिलाको शिक्षा, राजनीति, प्रशासन र उद्यमशीलतामा सहभागिता बढे पनि अवसर र पहुँचका सवालमा अझै चुनौतीहरू कायम छन्।

यस पुस्तकले महिलाको व्यक्तिगत पीडालाई मात्र प्रस्तुत नगरी सामाजिक संरचनाले सिर्जना गरेका असमानताका पक्षलाई पनि उजागर गर्ने प्रयास गरेको देखिन्छ। त्यसैले यो कृति महिला अधिकार, सामाजिक न्याय र लैङ्गिक समानताका विषयमा अध्ययन गर्ने पाठक, अनुसन्धानकर्ता तथा नीति निर्माण तहका व्यक्तिहरूका लागि समेत उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ। ‘नारी रेखा’ नेपाली महिलाको संघर्ष र सफलताको कथा मात्र नभई समाजलाई अझ समतामूलक र समावेशी बनाउने दिशामा सोच्न प्रेरित गर्ने कृतिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको अन्त्यमा लेखिका पौडेलले "असमानताको खाल्डोमा समानताको खोजीं कुनै कल्पनामा आधारित पुस्तक होइन। यो मैले देखेको, सुनेको, भोगेको र अनुभूति गरेको समाजको यथार्थ चित्रण हो। यो पुस्तक लेख्ने क्रममा मैले केवल कागजमा शब्दहरू कोरेकी छैन, बरु हजारौं महिलाका आँसु संघर्ष, पीडा, साहस र आशालाई अभिव्यक्त गर्ने प्रयास गरेकी छु।

महिलाको क्षमता, सिर्जनशिलता, नेतृत्व र योगदान राष्ट्रिय निर्माणका आधार स्सुम्भ हुन । राजनीतिक, सामाजीक, आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा महिलाको अर्थपूर्ण, जनसंख्याको आधारमा नेतृत्खले मात्र समावेशी, न्मायपूर्ण समृद्धि समाज निर्माण हुन सक्छ।

संविधानले सुनिश्चित गरहेका महिला अधिकारी कार्यान्ब्रयन समान अवसरको सुनिश्चता तथा महिलाको आत्मनिर्भरता र सशक्तिकरण आजको प्रमुख आवश्यकता हो।

नेपालको लोकतान्त्रिक आन्दोलन, महिला आन्दोलन र सामाजिक रुपान्मरण तथा राष्ट्र निर्माणका विभिन्न चरणमा मंगला देवी सिङ, योग माया न्यौपाने, दिव्या कोईराला, साधना प्रधान, सहाना प्रधान, शैलजा आचार्य लगायत कयौं महिला नेतृत्यहरुले पुऱ्याएको योगदान सदैव स्मरणीय छ। महिला अधिकारको संरक्षण प्रवर्धनका लागि राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायको साझा प्रतिवद्धताका साथ आवश्यकता बताउनु भएको छ । साथै उहाँले  "राष्ट्रिय महिला आयोगको जिम्मेवारी सम्हाल्ने क्रममा देशका विभिन्न जिल्ला पुग्ने अवसर प्राप्‌ भयो। हिंसामा परेका महिलाहरूका कथा सुनें, न्यायका लागि वर्षोंदेखि संघर्ष गरिरहेका पीडितहरूलाई भेटें, सामाजिक विभेदका कारण अवसरबाट वञ्चित भएका महिलाहरूको अवस्था नजिकबाट देखें। कतिपय महिलाहरू आफ्‌नै घरभित्र असुरक्षित थिए कतिपय समाजबाट बहिष्कृत थिए, कतिपय राज्यबाट न्यायको अपेक्षामा थिएती सबै अनुभवहरूले मेरो मनलाई गहिरो रूपमा छोयो।

त्यही अनुभवहरूले मलाई प्रश्न गर्न बाध्य बनायो। संविधानले समानता दिएको देशमा व्यवहारिक समानता किन अझै स्थापित हुन सकेको छैन? कानुनले अधिकार सुनिश्चित गरिसकेको अवस्थामा पनि महिलाले अन्याय र विभेद किन भोगिरहनुपरेको छ? यही प्रश्नहरूको उत्तर खोज्ने प्रयासस्वरूप यो पुस्मक लेखिएको हो। जसमा,

आमाका पेटमा छोरा वा छोरी के छ भनी हसियाले चिरी हेर्ने हुदा आमा र बच्चा मृत्यु भएको घटनाले मन छिया छिया भएकोबाट

१८ महिनाको नानी २ जना दाजु भाईबाट बल्मकृत भएर मृत्यु भएको घटना,

मुस्ताङमा आजसम्म पनि बहुपति प्रथा छदैछ। यो कथा होईन बास्तिवकतामा आधारित छ।

पशुपतिमा भारतबाट आउने नाङ्गेबाबा ढोग गरेमा मनोकामना पुरा हुन्छ भन्ने विश्वास हाम्रो देशका दिदी बहिनी दाजु भाईलाई कति धेरै विश्वास छ,

सानो ३ वर्षकी नाबालिका छोरीलाई रुवाउँदै मन्दिरमा राखन लगेको देखेर मन कटक्क खायो,

आफ्नै काका, हजुरबुवा, मामा, बुवा, छिमेकी, शिक्षक लगायत चिनेजानेका आफन्तबाट गर्भवती र बलत्कृत भएका घटनाले,

महिनावारी नभए दोष महिलालाई, महिनावारी भएमा छाउगोठमा राखी बलत्कृत र सर्पले डसेको घटनाबाट,

मृत्यु संस्कारमा छोरा नै पिण्ड दिन चाहिने, छोरीबाट पितृमोक्ष नहुने विश्वासका कारण,

दाइजो नल्याएकोबाट जलाईएका छोरीहरु तथा खाल्डोमा गाडिएका छोरी बुहारीहरु,

बालविवाह, बोकसी, महिला बेचविखन, बहुविवाह आजपनि समाचारको हेडलाईन बन्छ,

माईतीघर लगायत विभिन्न ठाउँमा अनसन बसेर माग राख्ने सरकार समझौता गर्ने समझौता पुरा नगरे कहिले सम्म छटपटिने छोरीहरु,

छोराको मृत्यु पछि न्सायको भिख माग्दै मृतक श्रीमानको लाशकुरेर कहिलेसम्म विर हस्पिटलमा बस्ने ? आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक विभेद विभेदका जगमा समानताको खोजी

जन्म दिने आमा, महिला राज्य शक्ति संरचनाका हकदार चाही जन्मसिद्ध पुरुष हुने जे जसता कानून निर्माण गरी, अधिकार महिलालाई धेरै भयो भनि भाष्य तयार गर्ने, एउटा मान्छेको बलियो कथा अर्को मान्छेको बल बनन सकछ,

महिलाहरुको दुःख सहने शक्ति नभए, असफलता सजिलै स्विकार गर्न नसक्ने भए ९०% को घरवार हुदैन र समाजका सबै महिलाको सानाठुला थेसिस बन्छन्मा । नीसले जीवनमा प्राप्त गर्ने सक ने उपहार मान्छे हुन हो। आमाले मृत्युसँग पटक पटक लड दै दिनु भएको उपहार, मान्छे हुनु पर्दैन ?

★ आज मेरो जीवनको अत्यन्त महत्वपूर्ण र भावुक क्षण हो। राष्ट्रिय महिला आयोगकोसदस्मको जिम्मेवारी निर्वाह गर को एक व्यक्तिका रूपमा मात्र होइन समाजका अनेकौँ यथार्थ, पीडा, संघर्ष र सपनाहरूलाई शब्द‌मा उतार्ने एक लेखिकाका रूपमा पनि म यहाँ उभिएकी छु।

"असमानताको खाल्डोमा समानताको खोजीं' तथा "नारी रखा" जस्मा पुस्तकहरुको लोकार्पण कार्यक्रममा यहाँहरु आदरणीय व्यक्तित्महरु सबैको उपस्थितीले मलाई थप उर्जा, आत्म‌विश्वास र जिम्मेवारीको अनुभूति गराएको छ।

आज म यहाँ राष्ट्रिय महिला आयोगको सदस्यको रूपमा मात्र होइन, एक छोरी, बुहारी, आमा, हजुरआमा दर्जनौं जिम्मेवारीका साथ एक लेखक, एक राष्ट्रिय महिला आयोगको वरिष्ठ सदस्यका रूपमा उभिएको छु।

आज विमोचन भएको मेरो कति "असमानताको खाल्डोमा समानताको खोजीं' तथा "नारी रेखा" यस पुस्तकका पाना होइन मेरो पन िजीवनका संघर्ष समाजका घाउर दविएका आवाजहरु प्रतिविम्बति हुन ।

यो केवल पुस्म्क विमोचनको कार्यक्रम मात्र होइन। यो समाजका पीडा संघर्ष, अन्याय, विभेद र परिवर्तनको आवाजलाई सार्वजनिकरण गर्ने अभियान पनि हो।

यो कार्यक्रममा एउटा लेखकको व्यक्तिगत खुशी भन्दा माथि उठेर समाजका दविएका आवाज, महिलाका सपना, पीडितहरुको न्प्रायको खोजी र समानताको आन्दोलनलाई शब्द‌मार्फत अभिव्यक्त गर्ने प्रयास हो" भन्नु भएको छ । 



सम्बन्धित समाचारहरु

Advertisement

Trending News

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.