संजयकुमार दाहाल, २३ माघ, सिन्धुली
सुर्योदय अवश्य हुनेछ हौसला राख,
त्यो कालो रातको हिसाब हुनेछ धैर्य राख ।
अँध्यारोले बाटो छेकेर डर देखाए पनि,
आफ्नो आत्माको उज्यालो बचाउन धैर्य राख ।
सत्ताले सत्य छोप्ला केही समय,
तर शब्दकै अदालत हुनेछ धैर्य राख ।
आज चुप लाग्नु कमजोरी ठान्लान् उनीहरू,
मौनताकै ठूलो जवाफ हुनेछ धैर्य राख ।
थाकिसक्यौ भने पनि सपनालाई नमार,
भोलि समय नै तिम्रो पक्षमा हुनेछ धैर्य राख ।
सञ्जय ! चोट खाए पनि कलम नछोड,
यही पीडाबाटै कविता जन्मिन्छ धैर्य राख ।
२०८२/१०/२३
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.