लिस्बन (पोर्चुगल) । पोर्चुगलका नेपाली दिदीबहिनीहरुको साझा संस्था नेप्लीज् वुमन एसोसियसन पोर्चुगलको पाँचौं अधिवेशन फेब्रुअरी १ तारिख आइतबार लिस्बनस्थित एभरेस्ट मम आन्जुसको सभाहलमा सम्पन्न भएको छ ।
नेपाली राजदूतावास लिस्बन, पोर्चुगलका नियोग उप-प्रमुख शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यतामा संस्थाकी तत्कालीन अध्यक्ष शान्ति अर्यालको अध्यक्षतामा, कला पङ्गेनीले संचालन गरेको उक्त कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष माया खरेल निर्वाचन संयोजकको भुमिकामा रहनुभएको थियो। विन्दु गौतमले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो। प्रमुख अतिथिद्वारा मैनबत्ती बलेर साथै नेपाली राष्ट्रिय गान र पोर्चुगलको राष्ट्रिय गानबाट कार्यक्रमको उद्घाटन भएको थियो।
कार्यक्रममा पोर्चुगलमा दिवङ्गत हुनुभएका सबैप्रति एक मिनेट मौन धारण गरिएको थियो। पोर्चुगलस्थिति
विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो। संघ संस्थाका अध्यक्ष र अग्रजहरुले शुभकामना मन्तव्य दिएका थिए । सोही अवसरमा पोर्चुगलमा रहेर पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्याएकोमा क्रियाशील पत्रकारहरु नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष तथा युरोपनेपाली खबरका प्रधानसम्पादक राजकुमार थापा लगायत नमुना ड्ट्कमका कलश खरेललाई सम्मान समेत गरिएको थियो ।
नेपाली महिलाहरूको हकहित संरक्षण, सामाजिक एकता र सशक्तीकरणको मूल उद्देश्य बोकेर पोर्चुगलमा सक्रिय सामाजिक संस्था प्रवासमा रहेका नेपाली महिलाहरूलाई एकताबद्ध बनाउँदै आएको उपस्थित बक्ताहरुले बताउनु भएको थियो। सो अधिवेशन मार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न संस्थाकी पूर्व अध्यक्ष तथा पाचौं अधिवेशन निर्वाचन समिति संयोजक माया खरेलले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको घोषणा गर्नुभएको थियो।
अधिवेशनको बन्द सत्रले आगामी कार्यकालका लागि गिता रेउलेको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।सर्वसम्मत नेतृत्व चयन भएसँगै उपस्थित अग्रजहरूले संस्थाले प्रजातान्त्रिक अभ्यास र एकताको सन्देश दिएको भन्दै प्रशंसा गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी कला पङ्गेनी र बिन्दु गौतमलाई सुम्पिइएको छ भने संस्थाको साङ्गठनिक विस्तारलाई प्रभावकारी बनाउन चार जना उपाध्यक्षहरू चयन गरिएको छ, जसमा दीपा लिम्बू, रेनु परियार, अप्सरा बर्तोला र मिरा कार्की रहनुहएको छ । संस्थाको दैनिक कार्य सञ्चालन र व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारीमा महासचिव पदमा सरस्वती गौतम सर्वसम्मत हुनुभएको छ।
समितिलाई समावेशी र फराकिलो बनाउने क्रममा सचिव पदमा पाँच जनालाई जिम्मेवारी दिइएको छ । जसमा अनिता रिजाल, लक्ष्मी थापा, बिनु केसी, बिनु रोका र शोभा कार्की रहनुहएको छ । संस्थाको आर्थिक पाटोलाई पारदर्शी र चुस्त राख्नका लागि कोषाध्यक्षमा मन्जु अधिकारी र सह-कोषाध्यक्षमा सबिना मनाङ्थेन चयन हुनुभएको छ ।
त्यस्तै, कार्यसमितिको सदस्यहरूमा दीपा खड्का, अनु गुरुङ, सुजता खत्री, अम्बिका सापकोटा, रितिका कुँवर, देबी लामिछाने, कुशुम गुरुङ, रोहिणी क्षेत्री, पुजा खड्का, निर्मला अर्याल र पुजा घिमिरे रहनुहएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले पोर्चुगलमा नेपाली महिलाहरूले भोग्नुपरेका समस्या समाधानमा एसोशियसनले खेल्दै आएको भूमिकाको सह्राना गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष रेउले तथा सम्पूर्ण कार्यसमितिलाई उपस्थित अतिथिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नवनिर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ :
अध्यक्ष : गिता रेउले
बरिष्ठ उपाध्यक्ष: बिन्दु गौतम र
कला पङ्गेनी
उपाध्यक्ष: दीपा लिम्बू रेनु परियार
अप्सरा बर्तोला मिरा कार्की
महासचिव : सरस्वती गौतम
सचिव: अनिता रिजाल, लक्ष्मी थापा,
बिनु केसी,बिनु रोका, शोभा कार्की
कोषाध्यक्ष: मन्जु अधिकारी सह-कोषाध्यक्ष:सबिना मनाङ्थेन
सदस्यहरू :
दीपा खड्का,अनु गुरुङ,सुजता खत्री,
अम्बिका सापकोटा,रितिका कुँवर,
देबी लामिछाने,कुशुम गुरुङ ,
रोहिणी क्षेत्री,पुजा खड्का,
निर्मला अर्याल,पुजा घिमिरे नेप्लीज् वुमन एसोसियसन पोर्चुगलको पाँचौं अधिवेशन सम्पन्न ।
लिस्बन (पोर्चुगल) । पोर्चुगलका नेपाली दिदीबहिनीहरुको साझा संस्था नेप्लीज् वुमन एसोसियसन पोर्चुगलको पाँचौं अधिवेशन फेब्रुअरी १ तारिख आइतबार लिस्बनस्थित एभरेस्ट मम आन्जुसको सभाहलमा सम्पन्न भएको छ ।
नेपाली राजदूतावास लिस्बन, पोर्चुगलका नियोग उप-प्रमुख शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यतामा संस्थाकी तत्कालीन अध्यक्ष शान्ति अर्यालको अध्यक्षतामा, कला पङ्गेनीले संचालन गरेको उक्त कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष माया खरेल निर्वाचन संयोजकको भुमिकामा रहनुभएको थियो। विन्दु गौतमले उपस्थित अतिथिहरुलाई स्वागत मन्तव्य राख्नु भएको थियो।
प्रमुख अतिथिद्वारा मैनबत्ती बलेर साथै नेपाली राष्ट्रिय गान र पोर्चुगलको राष्ट्रिय गानबाट कार्यक्रमको उद्घाटन भएको थियो।
कार्यक्रममा पोर्चुगलमा दिवङ्गत हुनुभएका सबैप्रति एक मिनेट मौन धारण गरिएको थियो। पोर्चुगलस्थिति
विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो। संघ संस्थाका अध्यक्ष र अग्रजहरुले शुभकामना मन्तव्य दिएका थिए । सोही अवसरमा पोर्चुगलमा रहेर पत्रकारिताका माध्यमबाट समाजलाई सुसूचित गराउन महत्त्वपूर्ण योगदान पुर्याएकोमा क्रियाशील पत्रकारहरु नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष तथा युरोपनेपाली खबरका प्रधानसम्पादक राजकुमार थापा लगायत नमुना ड्ट्कमका कलश खरेललाई सम्मान समेत गरिएको थियो ।
नेपाली महिलाहरूको हकहित संरक्षण, सामाजिक एकता र सशक्तीकरणको मूल उद्देश्य बोकेर पोर्चुगलमा सक्रिय सामाजिक संस्था प्रवासमा रहेका नेपाली महिलाहरूलाई एकताबद्ध बनाउँदै आएको उपस्थित बक्ताहरुले बताउनु भएको थियो। सो अधिवेशन मार्फत आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्म
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.