१८ माघ २०८२, शनिवार

अनेमसंघ दोलखाको विस्तारित बैठक, ११५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

माघ १७, चरिकोट, दोलखा । नेकपा एमाले निकट  अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी दोलखाको विस्तारित बैठक सप्पन्न भएको छ । आज मिति २०८२ साल माघ १७ गते अनेमसंघ दोलखाकी अध्यक्ष कमरेड मेनुका सुवेदीको अध्यक्षतामा सम्पन्न भएको  हो ।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकको निर्णयअनुसार अनेमसंघ दोलखाकी अध्यक्ष कमरेड मेनुका सुवेदीको संयोजकत्वमा ११५ सदस्यीय जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। साथै अनेमसंघ स्थायी कमिटी सदस्य कमरेड शारदा रानाको संयोजकत्वमा ९ सदस्यीय जिल्ला स्तरीय निर्वाचन अनुगमन तथा समन्वय कमिटी समेत गठन गरिएको छ।

बैठकले पालिकास्तरीय बैठक तथा भेला माघ १९ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ भने वडास्तरीय बैठक तथा भेला माघ २० गतेदेखि फागुन ४ गतेसम्म सम्पन्न गरिसक्ने निर्णय गरेको छ। यसैगरी पालिकास्तरीय अगुवा कार्यकर्ता भेलाहरू माघ २२ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सबै तहका नेतृ तथा कार्यकर्तालाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।

बैठकले अनेमसंघका जुनसुकै पदमा रहे पनि आफ्नै भूगोलको जिम्मेवारी लिने, पालिका, वडा र टोल तहमा संगठनलाई सक्रिय बनाउने तथा घरदैलो अभियानलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।

बैठकमा अनेमसंघ स्थायी कमिटी सदस्य शारदा राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने अनेमसंघ केन्द्रीय सदस्य शान्तिकुमारी तमाङ, अनेमसंघ बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्का र नेकपा एमाले जिल्ला कमिटी उपसचिव कमला बस्नेतको विशेष आतिथ्यता रहेको थियो।

बैठकमा अतिथिहरूले वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा निर्वाचनको प्रभावकारिता सम्बन्धी विषयमा निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.