माघ १५, पिस्कर, सिन्धुपाल्चोक
सहिद दिवसको अवसर पारेर भोलि पिस्कर स्मृति दिवस तथा पिस्कर बिद्रोहको बारेमा लेखिएको पुस्तक बिमोचन हुने भनेको छ । नेकपा एमाले त्रिपुरा सुन्दरी गाउँपालिका कमिटीको आयोजना एमाले नेता अमृतकुमार बोहराको प्रमुख आतिथ्यतामा उक्त पुस्तक बिमोचन हुने भएको हो । बिमोचन हुने "पिस्कर ऐतिहासिक जनबिद्रोह" नमक पुस्तकमा पिस्कर हत्याकाण्ड सङ्ग जोडिएकाहरुको बारेमा, घटनाको बारेमा लेखिएको छ । वि.सं.२०४० साल माघ १ गते बिहान तत्कालीन पञ्चायत व्यवस्थाले स्थानीय द्वारा आयोजित गरिएको कार्यक्रममा अन्धाधुन्ध गोली चलाउदा इली थामी र बिरबहादुर थामीको घटना स्थलमै मृत्यु भएको थियो ।
सोहि कार्यक्रमको बारेमा आयोजक संगठन कमिटीका अध्यक्ष बासु अधिकारीले पुस्तक बिमोचनको बारेमा "पिस्कर कम्युनिष्ट आन्दोलनको एउटा ऐतिहासिक स्थान हो । मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनामा पिस्कर आन्दोलनको महत्वपूर्ण योगदान रहेको छ । २०४० साल माघ १ गते रातिको समय स्थानीय सांस्कृतिक परम्परा अनुरूप पिस्करको महादेव स्थान मन्दिरमा जात्रा लागिरहेको समयमा तत्कालीन पञ्चायती शासकको निर्देशनमा नेकपा (माले) को आयोजनामा गणतन्त्र प्राप्तिका निम्ति देशभरिका कम्युनिष्टहरू भेला हुँदैछन् भन्ने निहुँमा व्यापक प्रहरी परिचालन गरी गोला बारूदसहित आक्रमण गरियो। सो अवस्थामा त्यहाँ जनसमुदायबाट ठूलो जनप्रतिरोध भयो । गोली लागेर क. वीरबहादुर थामी र क. इली थामीले सहादत प्राप्त गर्नुभयो । दर्जनौँ गोली र लाठी प्रहारले घाइते भई पक्राउ पर्नुभयो। घरमा भएकाहरूलाई दुर्व्यवहार गर्ने धम्काउने तर्साउने काम भयो र पिस्कर आसपासको १७ गाउँक्षेत्रलाई नै उग्रवादी गाउँ घोषणा गरी त्रसित र आतङ्कित बनाउने काम भयो । अथवा न्यायप्रेमी जनतालाई अत्यन्तै क्रूर दमन गरियो। तर, दमनले क्रान्तिकारीहरू पछि हटेनन् । पिस्कर घटनाले पञ्चायत र त्यसका शासकहरूलाई थप कमजोर बनायो । र, २०४६ सालको जनआन्दोलन, बहुदलीय व्यवस्था स्थापनामा पिस्कर आन्दोलनको महत्वपूर्ण योगदान भएको कुरा सर्वस्वीकार्य नै छ ।
पिस्कर आन्दोलन, यसको पृष्ठभूमि, यसका उद्देश्यहरू, पिस्कर घटना पछिका गतिविधिहरू समेटेर 'पिस्कर' नामक (विगत र वर्तमान) पुस्तक प्रकाशन गर्न लागिएको सहर्ष जानकारी गराउँदै उक्त पुस्तकका लागि यहाँको शुभकामना उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ " भनेका छन ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.