१६ माघ २०८२, बिहिवार

यस कारण देश बर्बाद भएको छैन, निराशाको खिती नगरौ

माघ १५, काठमाडौं । चार्टर एकाउन्टेन्ट एवं बैकर मनोज ज्ञावलीले देश बर्बाद नभएको केहि तथ्यांक प्रस्तुत गर्नु भएको छ । बुधबार उहाँले सामाजिक सञ्जाल मार्फत देश बर्बाद नभएको र निराशको खेती नगर्न भन्दै सो तथ्यांक प्रस्तुत गर्नु भएको हो ।

“देश सकियो, बर्बाद भयो, प्रजातन्त्र आएपछि सबैथोक तहसनहस भयो” भन्ने निराशाजन्य भाष्य फैलाएर, त्यही निराशा बेचेर आफ्नै स्वार्थको रोटी सेक्न खोज्नेहरूले तल प्रस्तुत सूचकहरूलाई गलत प्रमाणित गर्नुपर्ने हुन्छ। हो, सुशासनमा गम्भीर समस्या रहे, जसका कारण जनअपेक्षा अनुसार परिणाम आउन सकेन। ती सूचकहरू अझ राम्रो हुन सक्थे, अझ माथि जान सक्थे—यसमा कुनै शंका छैन। तर यसको अर्थ देश नै सकिएको हो, सबैथोक समाप्त भइसकेको हो भन्ने निष्कर्ष निकाल्नु न त वस्तुगत छ, न त न्यायोचित।

आज मिडिया, समाज, अभियन्ता र नेता—सबैजसो नकारात्मकता मात्र खोतल्न व्यस्त देखिन्छन्। आफू राम्रो बन्न मेहनत गर्ने, देशका लागि सकारात्मक योगदान दिनेभन्दा पनि अरूका कमजोरी उजागर गर्ने, मिलाएर गाली गर्ने र त्यसलाई सामाजिक सञ्जालमा भाइरल बनाउने प्रवृत्ति हावी हुँदै गएको छ। आलोचना आवश्यक छ, खबरदारी अनिवार्य छ, तर आलोचनाकै नाममा निराशा मात्र फैलाउनु समाधान होइन।

सुधार गर्नुपर्ने क्षेत्र पक्कै धेरै छन्, गल्ती र गलत नियतप्रति कडा प्रश्न उठाउनैपर्छ। तर हाम्रो देश न त सकिएको छ, न त संसारकै सबैभन्दा कमजोर मुलुक हो। यहाँ सम्भावनाहरू छन्, क्षमता छ, सकारात्मक उदाहरणहरू पनि छन्। त्यसैले निराशा होइन, सम्भावनाको कुरा गरौँ; राम्रो कामलाई खुलेर सराहना गरौँ; र गलत काम तथा गलत नियतलाई जिम्मेवार ढंगले खबरदारी गरौँ। यही सन्तुलित सोचले मात्र देशलाई अगाडि बढाउन सक्छ। 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.