२९ पुष २०८२, मङ्गलवार

दुइ करोड मुल्य बराबरको भेप सहितको सिन्धुपाल्चोक सुनकोसीका लामा पक्राउ

 मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ्ग क्षेत्रबाट करिब दुई करोड रुपैयाँभन्दा बढी मूल्य बराबरका विद्युतीय चुरोट (भेप) सहित एक कन्टेनर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार अवैध रूपमा भेप ओसारपसारमा संलग्न सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ निवासी ३२ वर्षीय पेमा लामालाई पक्राउ गरिएको हो। उनी ना ६ ख  ७५९१ नम्बरको कन्टेनरका चालक रहेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार केही दिनअघि चीनबाट अवैध रूपमा भित्र्याइएका ८० कार्टुन विद्युतीय चुरोट कोरोला नाकाअगाडि गाडीमा लोड गरी ल्याइँदै गरिएको अवस्थामा कन्टेनरसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्ति र बरामद सामानको आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइने तयारी भइरहेको प्रहरीको भनाइ छ । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.