१५ पुष २०८२, मङ्गलवार

खबरदार

उषाकला राइ

देश जलाउनेहरू 

जलिरहेको देश हेरेर 

भित्रभित्रै मुस्कुराउँदै रमाउनेहरू!!

म सोध्छु तिमीहरूलाई 

सिंहदरबार किन जलायौ!!??

देश जलिरहेको बेला,

मौका यही हो भन्दै, 

मौका छोप्दै जेलबाट भाग्ने सहकारी ठगहरु!

मिल्दैछन् अरे कतै देश सक्ने,

हाम्रो बच्चा मार्ने योजनाकार हरूका मतियारहरू!!

म सोध्छु तिमीहरूलाई, 

हाम्रो देश किन खरानी बनायौ!??

तिमीहरूले जलाएर यो देश !

आज लाज लाग्दैन तिमीहरूलाई

देखाउन तिमीहरूको यो भेष!!???

हाम्रो इतिहास हाम्रो धरोहर हाम्रो त्यो सिंहदरबार !

जलायौ जलाउन पनि सबै राष्ट्रिय धरोहरहरु !!

सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, अख्तियार कार्यालय,

 पुलिस प्रहरीका सबै कार्यालयहरु

 व्यक्तिका छानीछानी घर सम्पत्ति 

युवा र गरिबहरूले काम गरी खाने व्यपारिक प्रतिष्ठानहरु

 बाँकी कहाँ राख्यौ र ! तिमीहरूले!!???

आज त सबै अन्तर्राष्ट्रिय देशहरूको नजरमा

 नेपाललाई कालो बादलले ढाकेको छ ।

 नेपालको अनुहारमा,

 ए कालो पोत्नेहरू हो !

कुन अधिकारले उभिँदैछौ आज तिमीहरु,

 यही देशको मुटुमा टेकेर!???

भन्दैछौ फेरि तिमीहरूलाई प्रधानमन्त्री चाहियो रे ???

ए लुसिफरहरू हो !

ए बारबरा फाउन्डेसनहरू हो,,!!

ए TOB ज्याकेटधारीहरु हो!!

यत्रो प्रश्न उठिसकेपछि जनतालाई जवाफ दिनु पर्दैन ?

तिमीहरूको एकता केको लागि!?????

फेरि पनि कतै देशलाई जलाएर पुगेन?? 

गर्दैछौ कि कुनै अर्को विध्वंश???

ठग्दै छौ कि जनतालाई!!?? 

फेरि पनि छ कि योजना देश सक्नलाई???

म भन्छु जनताको तर्फबाट 

खबरदार! खबरदार!! खबरदार!!!

हाम्रा छोराछोरीको रगतमा टेकेर 

यो देशमाथि नखेल देशद्रोहीहरु हो!!!

सुशीला आमैले भनेजस्तै बिचरा गरिबहरूले बाँदरको बच्चाले कनिकाहारु बटुलेर गालामा पोका पारे जस्तै पारेको त्यो सहकारीको पैसा एकै ताली झ्वाम पार्ने रवि !

कम्तीमा तिमीले ती गरिबहरूलाई 

न्याय देऊ !

त्यो पैसा फिर्ता गर !!

गरिबको आँसुको  हिसाब गर!!!

अनि मात्र कम्तीमा राजनीति गर!!!!

ए बालेन बाबु!!

किन लुकेर बस्यौ त्यसदिन ?

जतिखेर छटपटाई छटपटाई 

खोजेका थिए जेन्जीहरूले तिमीलाई नै!!

कम्तिमा जवाफ देउ 

देश सक्नको कारण के थियो ?

बाहिर सिंहदरबार र सर्वोच्च अदालत 

नजिकै जलिरहँदा किन तिमी घर भित्र लुकेर

 मुस्कुराइरहेका थियौ??

सत्य सत्य बोल बाबु एकचोटी, अनि मात्र राजनीति गर!!!

उज्यालो त केपी ओलीको प्रयासमा आएको थियो ।

बाघको छाला ओडेर कहिलेकाहीँ,

स्यालहरू पनि हुंकार गर्न सक्दा रहेछन् ।

उज्यालो नेपालका प्रदायक भनेर झुटो चिनिने 

कुलमान घिसिङ कम्तीमा बाहिरी एउटा नाम त थियो ।

तर तिम्रो पनि साझेदारिताले प्रष्ट पार्यो । 

 बारबरा र लुसिफरहरू सँगको यात्राले 

 तिम्रो पनि यात्रा समाप्त पार्ने निश्चित नै रह्यो । 

भन्नु केही छैन यहाँ, तर यति मात्र हो अन्त्यमा फेरि देश नसक,! खबरदार ! खबरदार!! खबरदार!!! राइ नेकपा एमालेको केन्द्रिय सदस्य हुनुहुन्छ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.