मेनुका सुवेदी
हिजो सपनाले मात्रै जीवन बुनिएको थियो,
आज यथार्थले हरेक सपना चुनिएको छ।
हिजो समयसँग गुनासो धेरै थियो,
आज समय नै सबैभन्दा ठूलो गुरु बनेको छ।
हिजो मन काँचो र कट्मेराे थियो र त विश्वास सस्तो थियो,
आज अनुभवले हरेक कुरा नाप्न सिकायो।
हिजो गल्तीबाट भाग्थ्याे ,
आज गल्तीले नै सही बाटो देखायो।
हिजो हाँसो निस्चल र स्वतन्त्र थियो र त आँसु लुकाइन्थ्यो,
आज हाँसो नापेर अनि िआँसु खुलेर बगाइन्छ।
हिजो चाहना सरल थिए र सिमित थिए
आज चाहनाले नै जीवन जटिल बनाएको छ।
हिजो आज बन्ने सपना देखिन्थ्यो र पाे
आज हिजो सम्झँदै दिन बित्छ।
समय उस्तै देखिए पनि,सहज र असहजताहरुकाे कुस्तिले
हिजो र आजबीच धेरै फरक लाग्दै छ । सुवेदी महिला अधिकारवादी नेतृ हुनुहुन्छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.