१९ चैत २०८२, बिहिवार

“विधि कि व्यक्ति?”

डा. टीका ढकाल 

बिधि र नीतिले चाले त नेता खास  हुन्छ

झुठो  मुखुण्डो  भित्र ,सधैँको दास हुन्छ।

कुर्सीको मोहमा परे मूल्य सबै बिर्सिन्छ

जनताको पीडामा ऊ, किन उदास हुन्छ।।

सत्य दबाएर झूटकै बाजा बजाइरहँदा

लोकतन्त्रको नाम, कस्तो उपहास हुन्छ।।

विवेक  बन्द  गरेर   भीड सँगै  बग्नेहरू

समय आउँदा तिनको ,आफैँ नाश हुन्छ।।

नियम र न्यायले मात्र देश अगाडि बढ्छ

व्यक्ति  होइन प्रणाली नै ,विश्वास  हुन्छ ।।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.