फागुल ५ सिन्धुपाल्चोक । जिल्लाको लिशन्खुपाखर गाउँपालिका–४ को एक गाउँका सबैले नेपाली कम्युनिस्ट पार्टी त्यागेर एमालेमा प्रवेश गरेका छन । एमाले उम्मेदवार सरेश नेपालको चुनावी घरदैलो कार्यक्रममा त्यस क्षेत्रका ठुलो सख्यामा नेकपा परित्याग गरेर एमालेमा प्रवेश गरेका हुन । चुनावमा एमाले उम्मेदवार सरेश नेपाललाइ सघाउने भन्दै त्यस क्षेत्रका एक समूह स्थानीयवासीले पुरानो राजनीतिक आबद्धता त्याग्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेको खबर प्राप्त बहेको छ ।
एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्यका उम्मेदवार सरेश नेपाल तथा निर्वाचन परिचालन कमिटी संयोजक कमल नेपालसहितका नेताहरूले नवआगन्तुकहरूलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सरेश नेपालले विकास निर्माण, पारदर्शी शासन प्रणाली र जनउत्तरदायी नेतृत्व प्रदान गर्ने लक्ष्यसहित एमाले अघि बढिरहेको उल्लेख गरे। उनले अतर्पूरलगायत वडाका विभिन्न टोलहरूमा सडक विस्तार, स्वच्छ खानेपानी व्यवस्था, शैक्षिक सुधार तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि प्राथमिकतामा रहने बताए।
त्यस्तै, निर्वाचन परिचालन कमिटी प्रमुख कमल नेपालले स्थानीय तहमा पार्टी संगठन क्रमशः मजबुत बन्दै गएको दाबी गर्दै जनताको चाहना पूरा गर्न सक्षम र स्थिर नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरे।
पार्टी प्रवेश गर्ने स्थानीय बासिन्दाहरूले विगतमा अपेक्षा अनुरूप विकास नभएको भन्दै अब सुशासन र समृद्धिको यात्रामा सहकार्य गर्ने निर्णय गरेको बताएका छन्।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.