२६ माघ २०८२, आइतवार

एमाले  उम्मेदवार सरेश नेपाललाई ठोकर्पा र कालिकामा भव्य स्वागत

२५ माघ, ठोकर्पा, सिन्धुपाल्चोक ।  नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार सरेश नेपाललाई ठोकर्पा र कालिकामा भव्य स्वागत गरिएको छ। आइतबार सुनकोशी गाउँपालिका वडा नम्बर १, २ र ३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमका क्रममा उहाँलाई स्थानीय नेता तथा मतदाताले उत्साहपूर्वक स्वागत गरेका हुन्।

मतदाता भेटघाटका क्रममा उम्मेदवार नेपालले सयौँ स्थानीय नेता तथा मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो। उहाँले विकासको सुरुवात नेकपा एमालेले नै गरेको उल्लेख गर्दै मतदातालाई कुनै पनि भ्रममा नपर्न आग्रह गर्नुभयो। साथै, पार्टी र मतदाताको शीर झुक्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले पुराना नेता तथा कार्यकर्तामा थप उत्साह पैदा गरेको देखिएको छ। स्थानीय स्तरमा विकास, जनताको माग, चाहना र आवश्यकतालाई पूरा गर्न नेकपा एमालेको जित अपरिहार्य रहेको धारणा सहभागीहरूले व्यक्त गरेका छन्।

कार्यक्रममा नेकपा एमाले सुनकोशी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चित्र सापकोटाले निर्वाचनमा केन्द्रित भई एमाले उम्मेदवारलाई विजयी गराउन सबैलाई एकजुट हुन आव्हान गर्नुभयो। उहाँले जनताको अपेक्षा पूरा गर्न सक्ने एकमात्र शक्ति नेकपा एमाले भएको बताउनुभयो।

स्थानीय स्तरमा देखिएको जनसमर्थन र उत्साहले आगामी निर्वाचनमा नेकपा एमालेप्रति जनविश्वास अझ बलियो बन्दै गएको संकेत गरेको छ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.