१७ माघ २०८२, शुक्रवार

शहीद शब्दको अपमान

शान्तिप्रसाद नेउपाने, माघ १६, काठमाडौं     जागीरको सिलसिलामा मेरो सरुवा बढुवा भएर गृह मन्त्रालयको सचिब पदमा पद बहाली गरेको भोलीपल्ट एक हुल मान्छेहरु हातमा निवेदन लिएर आए। मैले विनम्रतापुर्वक 'के काम हो' भनेर सोधें। उनिहरुका अगुवाले भने- “म शुक्रराज शास्त्री, उहाँ धर्मभक्त, दशरथ, गंगालाल। पछाडी थीरबम मल्ल, चिनियॅाकाजी श्रेष्ठ, लखन थापाहरु  हुन्। हामीहरु हामीलाई दिइएको सहिद पद खारेजी गराउन आएको।” म छक्क परें। मान्छेहरु सहिद घोषणा गराउन कत्रो आन्दोलन गर्छन्, यी बुढाहरु पाएको पद खारेजी गराइपाउॅ भनेर निवेदन लिएर आउॅछन्। यो के दशा आइलाग्यो! मैले केहि सोच्नै सकिन। मैले सोधें- “किन के कारण परेर खारेजी गराउन आउनुभयो?” शुक्रराजले भन्नुभयो- “ पहिलो कुरा त शहीद शब्दलाई सहिद बनाइयो। यो गलत कुरा हो। दोश्रो कुरा सहिद कस्लाई भन्ने भनेर कुनै मापदण्ड नै बनाइएन। जथाभावी जोसुकैलाई पनि सहिदको पदवी दिइयो। चोर्न जॅादा लडेर मरेका पनि सहिद, सडक दुर्घट्नामा मरेका पनि सहिद, बलत्कार गरेर मारेका पनि सहिद, अर्काकी छोरी-बुहारीलाई जबरजस्ती करणी गरेको कारणले मारिएका मान्छे पनि सहिद, जेलबाट भाग्दा लडेर मरेका पनि शहीद, अर्काको उद्योग व्यवसायमा आगजनी गर्दा आफै जलेर मरेकाहरु पनि शहीद,यौटा सन्काहा सिडियोको सनकको भरमा जथाभावी गोली चलाएर मारिएकाहरु पनि सहिद, कुनै कारणले डिप्रेसन भएर आत्महत्त्या गरेकाहरु पनि सहिद, चिकित्सकको लापर्बाहीको कारणले मरेकालाई पनि सहिद घोषणा गर्दै दसलाख परिवारलाई दिदै गरेकाहरु के सॅाच्चै सहिद हुन् त? के हामीहरु यिनीहरुकै लाइनमा बस्नु? के हामीले यी ज्यामाराहरुलाई कुर्सीमा बसाएर भ्रष्टाचार गराउन सहादत गरेका हौं? त्यो सहिदगेटमा हाम्रो टाउको माथि हामीलाई नै फॅासीको लालमोहर लगाउनेलाई किन राखियो? हाम्रो गरीमालाई किन फिका बनाइयो?  कि उनीहरुलाई दिइएको सहिद पद खारेज गराउनुपर्यो कि हामीलाई दिइएको पदवी खारेज गरियोस्।” उनको कुरा सकिनासाथ अर्को निक्कै ठुलो हुल भित्र पसेर “खबरदार हामीलाई दिइएको सहिद पद खारेज गर्न पाइंदैन, बुढा सहिद चाहिदैन” भनेर नारा लगाउन थाले। मैले दुबैलाई एकसाथ संबोधन् गर्दै भने- “तपाईहरु धैर्य गरिदिनुस्, हुलहुज्जत नगरिदिनुस्, मैले कुरा सुने। यो कुरा अब म मन्त्रालयको बैठकमा राख्छु। यो विषयमा नीतिगत निर्णय लिनुपर्ने भएकोले मन्त्रीपरिषदबाट पारित गराउनु पर्छ। यसमा मेरो कुनै भुमिका हुनेछैन।” त्यसपछि म निन्द्राबाट ब्यॅुझेछु। यो त मेरो सपना पो रहेछ। निकैबेर ऐठन भएर आयो।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.