माधव नेपाल , माघ १४ , काठमाडौं । प्रतिनिधिसभा केवल राजनीतिक बहसको थलो मात्र होइन, राज्य–संरचनाको मुटु हो । यहाँ नीति निर्माण, विधायी प्रक्रिया, कानून संशोधन, सरकारी नीति–कार्यक्रमको निगरानी र नागरिक हकहितका सवालहरू उठाउने जिम्मेवारी रहन्छ । त्यसैले प्रतिनिधिसभामा पुग्ने पात्रहरूले स्थानीयदेखि संघीय तहसम्मको प्रशासनिक संरचना बुझ्ने, नीति निर्माणको प्रकृया जान्ने र विकासको व्यावहारिक अनुभव बोकेको हुनुपर्छ भन्ने अपेक्षा रहन्छ ।
यही दृष्टिकोणबाट हेर्दा सरेश नेपाल जस्ता पात्रहरूको उपस्थिति प्रतिनिधिसभाका लागि सान्दर्भिक र उपयोगी देखिन्छ । स्थानीय शासन प्रणालीको आधारभूत तह अर्थात् गाउँ विकास समितिबाट सार्वजनिक सेवा र विकास प्रशासनका सूक्ष्म पक्षहरू बुझ्दै आएका नेपाल पछि जिल्ला विकास समितिको उपसभापति, त्यसपछि सभापति हुँदै प्रदेश तह सम्मको संरचनागत अनुभव बटुलेका छन् ।
यस क्रममा उनले विकास योजनाको निर्माण, बजेट व्यवस्थापन, स्थानीय पूर्वाधार, सामाजिक–आर्थिक पहल, सार्वजनिक लगानी, राजनीतिक समन्वय, सरकारी निकायहरूसँगको कार्यगत सम्बन्ध र नीति कार्यान्वयनका मोडालिटीहरूमा काम गर्ने अवसर पाए । यी अनुभवहरू प्रतिनिधिसभामा आवश्यक पर्ने विधायी ज्ञान र नीति निर्माणका आधारभूत पूर्वशर्तहरूमध्ये मुख्य छन् ।
नेपालको अर्को बलियो पक्ष भनेको संघीय संरचना लागू भइसकेपछि स्थानीय, प्रदेश र संघीय तहबीचको सम्बन्धको वास्तविकता बुझ्ने अनुभव हो । संघीयता कार्यान्वयनका प्रक्रियामा उत्पन्न समन्वयको समस्या, अधिकार विभाजनका प्रश्न, स्रोत–साधन बाँडफाँड, कानुनी अस्पष्टता, स्थानीय तहको कार्यक्षमता, तथा प्रदेश–संघबीचको निर्णय प्रक्रियामा देखिने व्यवहारिक चुनौतीका विषयमा नेपाललाई प्रत्यक्ष अवलोकन र व्यवस्थापनको अनुभूति छ ।
नीति निर्माणमा यी अनुभवहरू केवल सैद्धान्तिक ज्ञानभन्दा धेरै मौलिक र उपयोगी मानिन्छन् । किनकि प्रतिनिधिसभामा उठाइने मुद्दा, विधेयक र संशोधनहरू कागजी होइनन् । तिनीहरूको प्रभाव व्यवहारिक रूपमा नागरिक र स्थानीय तहमा पुग्ने हुन्छ ।
प्रतिनिधिसभामा विकास, समृद्धि र सुशासनका सवालहरू उठाउने, समसामयिक मुद्दाहरूमा तर्कपूर्ण बहस चलाउने, तथ्याधारित नीतिगत हस्तक्षेप गर्ने र जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन सक्षम जनशक्ति आवश्यक छ ।
सरेश नेपाल त्यसै पात्र हुन्, । अनुभव, नीति ज्ञान, स्थानीय जनजीवनको बुझाइ र संरचनागत कौशलको कारणले प्रतिनिधिसभाको उपयुक्त पात्र सरेश नेपाल हुन् ।
संसदमा सक्षम र अनुभवी व्यक्तिहरूको प्रवेशले नीति निर्माणको स्तर, शासनको प्रभावकारिता र संघीयता कार्यान्वयनको गति बढाउन मद्दत पु¥याउनेछ भन्ने विश्वास राख्न सकिन्छ । लेखक नेपाल वरिष्ठ पत्रकार हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.