आनन्द पोखरेल , माघ १३, दोलखा
आज हामी नेकपा (एमाले) को बैचारिक लक्ष्य प्राप्त गर्ने एक अत्यन्त महत्त्वपूर्ण घडीमा छौं। यो सामान्य समय होइन, यो जिम्मेवारीको समय हो। शान्तिपूर्ण संवैधानिक प्रतिस्पर्धामार्फत जनताको विश्वास जित्दै श्रेष्टता हासिल गरेर सरकार निर्माण गर्ने र समाजवादको आधार बलियो बनाउने ऐतिहासिक क्षिणमा छौ । यो दायित्व आज फेरि हाम्रो काँधमा आएको छ।
हाम्रो पार्टीको राजनीतिक कार्यदिशा स्पष्ट छ। हामी हिंसा होइन, शान्तिपुर्ण लोकतान्त्रिक प्रतिस्पर्धामार्फत परिवर्तन चाहन्छौं। हामी अराजकता होइन, स्थायित्व चाहन्छौं। र हामी सत्ता केवल सत्ताका लागि होइन, समाज परिवर्तनका लागि चाहन्छौं। जनताको सरकार र जन सत्ता स्थापना गर्न चहान्छौं।
यसकारण, हाम्रो लागि निर्वाचन साधारण प्रतिस्पर्धा होइन। यो वर्गसंघर्षको एक विकसित र सभ्य रूप हो। यो संघर्षमा व्यक्ति होइन, पार्टी प्रधान हुन्छ। उम्मेदवारभन्दा माथि हाम्रो पार्टीको सुर्य चिन्ह, नीति, विचार र कार्यक्रम हुन्छ।
आज म अत्यन्त स्पष्ट रूपमा भन्न चाहन्छु—
नेकपा (एमाले) का कुनै पनि नेता, कार्यकर्ता वा सदस्य पार्टीको नीति, विधान र अनुशासनभन्दा बाहिर जान मिल्दैन। व्यक्तिगत सोच, निजी असन्तुष्टि, गुटबन्दी वा भ्रमलाई पार्टी हितभन्दा माथि राख्ने अधिकार कसैलाई छैन।
हामीले बुझ्नुपर्छ आजको वर्गीय लडाइँमा हाम्रो सबैभन्दा ठूलो शक्ति एकता हो।हाम्रो सबैभन्दा ठूलो हतियार अनुशासन हो । हाम्रो सबैभन्दा बलियो आधार वैचारिक दृढता र एकता हो।
अब समय आएको छ, कमरेडहरू घर–घरमा जाने, टोल–टोलमा पुग्ने,जनताको दुःख–सुखमा सहभागी हुने, र नेकपा (एमाले) नै राष्ट्रिय हित र देशलाई स्थायित्व, विकास र समृद्धितर्फ लैजान सक्ने पार्टी हो भन्ने कुरा प्रमाणित गर्ने।जनतलाई पार्टीको पक्षमा गोलबन्द गर्ने ।
हामी सबैले एउटै आवाजमा भन्न सक्नुपर्छ । पार्टीको उम्मेदवार हाम्रो साझा उम्मेदवार हो। पार्टीको सुर्य चिन्ह हाम्रो साझा पहिचान हो।पार्टीको विजय हाम्रो साझा विजय हो। भ्रम फैलाउने शक्तिहरू आज सक्रिय छन्।आन्दोलन कमजोर बनाउन चाहने तत्वहरू बिभिन्न नाममा सक्रिय छन्। देसलाई मन नपराऊने तागत हामीलाई मन पराऊदैन्न । हाम्रा बिरुधमा छन । इतिहासले पाठ सिकाएको छ । जब एमाले एकताबद्ध हुन्छ, जब एमाले अनुशासित हुन्छ,जब एमाले विचारमा दृढ हुन्छ,
त्यसलाई कसैले पराजित गर्न सक्दैन। हामी सधै जितिरहने छौ । आउनुहोस भ्रमलाई पराजित गरौं,निराशालाई चिर्दै अघि बढौं,र लोकतान्त्रिक प्रतिस्पर्धामा नेकपा (एमाले) लाई विजयी बनाऔं। एकताबद्ध संघर्षबाटै हामी सरकार बनाउँछौं, र सरकारमार्फत समाजवादको आधार निर्माण गर्छौं। अनि जोड संग भनौ
नेकपा (एमाले) जिन्दाबाद !
एकता, अनुशासन र संघर्ष—जिन्दाबाद!
समाजवादको यात्रामा हाम्रो प्रतिबद्धता ।
पोखरेल एमालेका नेता हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.