आनन्द पोखरेल, माघ ६, काठमाडौं
आज माघ ६ गते मनोनयन दर्तासँगै देश निर्वाचनको निर्णायक मोडमा पुगेको छ। यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य जोगाउने ऐतिहासिक संघर्ष हो।
आज देशमा राष्ट्रियता कमजोर बनाउने, संविधानमाथि प्रहार गर्ने र जनताको भरोसा तोड्ने प्रयासहरू भइरहेका छन्। यस्ता चुनौतीका बीच नेकपा एमाले जनताको आशा, भरोसा र संघर्षको नेतृत्वकर्ता बनेर उभिएको छ।
नेकपा एमालेले यस निर्वाचनलाई प्रतिस्पर्धा मार्फत श्रेष्टता हासिल गर्ने वर्गसंघर्षको एक महत्वपूर्ण कडीको रूपमा लिएको छ। यो निर्वाचन अराजकता, विध्वंस र अस्थिरताविरुद्धको निर्णायक लडाइँ हो। श्रमिक, किसान, युवा, महिला र आम नागरिकको हक–अधिकार सुरक्षित राख्ने शक्ति एमाले नै हो।
यस ऐतिहासिक घडीमा नेकपा एमालेको विजय अपरिहार्य छ। एमालेको जित भनेकै संविधानको जित हो, लोकतन्त्रको जित हो र राष्ट्रको उज्यालो भविष्यको सुनिश्चितता हो।
त्यसैले म सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा सचेत नागरिकहरूलाई आग्रह गर्दछु—
आपसी एकता, अनुशासन र दृढ संकल्पका साथ निर्वाचन अभियानमा जुटौँ।
घर–घरमा एमालेको विचार पुर्याऔँ, जनताको विश्वास जितौँ र निर्वाचनलाई ऐतिहासिक विजयमा बदलौँ।
आउनुहोस्, एकताबद्ध भएर नेकपा एमालेलाई विजयी बनाऔँ।
संविधान बचाऔँ, लोकतन्त्र जोगाऔँ, देशको भविष्य सुरक्षित गरौँ। संबृद्ध नेपाल र सुखि नेपाली बनाऊ । पोखरेल एमाले नेता हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.