आनन्द पोखरेल, माघ ४ , काठमाडौं
मेरो अपिल, सूर्यमा छाप, राष्ट्र निर्माणमा एमालेलाइ साथ
यस पटकको निर्वाचनमा म स्वयं उम्मेदवारको प्रतिस्पर्धामा थिईन ।नेकपा एमालेको सचेत, प्रतिबद्ध र अनुशासित कार्यकर्ताका रूपमा पार्टीको वैचारिक यात्रामा उभिन पाउँदा गर्व महसुस गर्दछु। सचिबलयको बैठकमा जुनजुन जोडकोणबाट कुरा उठेपनि एकाध क्षेत्र बाहेक फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले आफ्ना उम्मेदवारहरू छनोट गरिसकेको छ। प्रत्यक्ष निर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय केवल रणनीतिक विषय मात्र होइन, यो एमालेको वैचारिक दृढता, आत्मनिर्भरता र जनतामाथिको अटुट विश्वासको स्पष्ट अभिव्यक्ति हो। यही निर्णयलाई आत्मसात गर्दै पार्टी प्रतिस्पर्धारूपी वर्गसंघर्षमा दृढताका साथ होमिएको छ।
निर्वाचन केवल सिटको गणित होइन, यो विचार, दृष्टिकोण र राजनीतिक दिशाको निर्णायक संघर्ष हो। यहाँ व्यक्तिभन्दा माथि पार्टी हुन्छ र आकृतिभन्दा माथि विचार। उम्मेदवार मन परे वा नपरे, काला वा गोरा जो आए पनि उतराधिकारी बिबेकी भए पनि नभएपनि पार्टी हामीले निर्माण गरेका हौ । त्यसमा अल्झिनु एमालेको संस्कृति होइन। हामी स्पष्ट छौँ , हामी नेकपा एमाले हौँ, हाम्रो साझा चिन्ह सूर्य हो । त्यो सूर्यले राष्ट्रको भविष्य उज्यालो बनाउने सामर्थ्य राख्छ।हाम्रो यहि बिशवास हो ।
आजको संकटपुर्ण घडीमा पार्टीका प्रत्येक सदस्यहरुको जिम्मेवारी स्पष्ट छ। निर्णय नहुँदासम्म आन्तरिक प्रतिस्पर्धा स्वाभाविक हुन्छ, तर निर्णय भइसकेपछि सम्पूर्ण शक्ति, एकता र अनुशासनका साथ पार्टीका आधिकारिक उम्मेदवारलाई सूर्य चिन्हमा छाप लगाएर विजयी गराउनु नै हाम्रो साझा दायित्व हो। यही अनुशासन, यही एकता र यही वैचारिक प्रतिबद्धताले नेकपा एमाले सधैं अगाडि बढ्दै आएको छ।हामीले सबै षडयन्त्रलाई पराजीत गरेको छ ।
यस महान् जिम्मेवारीका लागि चयन हुनुभएका सम्पूर्ण उम्मेदवार कमरेडहरूलाई हार्दिक बधाई तथा सफल, सशक्त र ऐतिहासिक निर्वाचन अभियानका लागि अग्रिम शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको नेतृत्व, त्याग, संघर्ष र जनताप्रतिको इमानदार प्रतिबद्धताले नेकपा एमाले मात्र होइन, समग्र राष्ट्रलाई अझ बलियो बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु। पोखरेल नेकपा एमालेको केन्द्रिय नेता हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.