४ माघ २०८२, शनिवार

कुविण्डेमा भैरहेको भलिबल प्रतियोगितामा मेलम्ची र जुगल भिड्दै

माघ ३, चौतारा । कुविन्डेमा सञ्चालन भइरहेको प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०८२ को उपाधि भिडन्तमा अब मेलम्ची नगरपालिका र जुगल गाउँपालिका आमनेसामने हुने भएका छन्।

आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेलम्ची नगरपालिकाले हेलम्बु गाउँपालिकालाई सिधा सेटमा २५–१९ र २५–२० ले पराजित गर्दै फाइनलको यात्रा तय गर्‍यो। त्यसैगरी दोस्रो सेमिफाइनलमा जुगल गाउँपालिकाले बलेफी गाउँपालिकामाथि २५–२३ र २५–१४ को जित निकाल्दै अन्तिम चरणमा स्थान सुरक्षित गरेको हो।

आयोजकका अनुसार भोलि हुने फाइनल खेलमा यी दुई बलिया टिमबीच उपाधिका लागि कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

यसैबीच, आजै भएको तेस्रो स्थानको खेलमा बलेफी गाउँपालिकाले हेलम्बु गाउँपालिकालाई हराउँदै प्रतियोगिताको तेस्रो स्थान हासिल गरेको छ।

खेलाडी प्रदर्शनतर्फ, पहिलो सेमिफाइनलमा मेलम्ची नगरपालिकाका जर्सी नम्बर ३ का सुदिप तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने दोस्रो सेमिफाइनलमा जुगल गाउँपालिकाका जर्सी नम्बर ६ का अमृत रावत उत्कृष्ट घोषित हुनुभयो।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख रुपैयाँ, उपविजेताले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ५० हजार र सान्त्वना टिमले २५ हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.