१७ पुष २०८२, बिहिवार

नेपाली टोपि : इतिहास, पहिचान र सांस्कृतिक मनोविज्ञान

नबराज भूर्तेल 

नेपालमा टाउको ढाक्ने चलन केवल पहिरनको अभ्यास मात्र होइन, इतिहास, संस्कार र राष्ट्रिय पहिचानको मनोवैज्ञानिक धरोहरको निरन्तरता हो। नेपाली समाजमा प्रयोग हुने ढाका र (भोको) टोपि कुनै धार्मिक आदेशबाट उदय भएको होइन; यसको मूल स्रोत सामाजिक सम्बद्धता, सांस्कृतिक निरन्तरता र ऐतिहासिक प्रक्रियामा जरा गाडिएको देखिन्छ। ऐतिहासिक पृष्ठभूमि : राज्य निर्माणदेखि पहिरनमा पहिचान नेपालमा टोपिको प्रयोग विकासक्रमलाई तीन तहमा बुझ्न सकिन्छः

क) आद्यसंस्कारिक रूप

राज्य एकीकरणअघि, गोरखा, काश्की, लम्जुङ, जुम्ला, बझाङ लगायत क्षेत्रका स्थानीय राज्यदरबारमा शिरढाक आधारित पहिरन गरिमाको प्रतीक मानिन्थ्यो। यस चरणमा टोपिको अर्थ मान-मर्यादा, पद प्रतिष्ठा र दरबारी शिष्टाचार सँग जोडिएको पाइन्छ।

ख) आधुनिक पहिचानको निर्माण

राष्ट्र एकीकरणपछि (१८औँ–१९औँ शताब्दी) राजनीतिक संरचना विस्तारसँगै सांस्कृतिक प्रतीकहरूको खोजी सुरु भयो। यस क्रममा नेपाली पहिरनलाई एकरूप बनाउने अभ्यास भयो, जसले गर्दा टोपिलाई राष्ट्रिय पहिचान को रूप दिन थालियो। २०औँ शताब्दीमा सरकारी औपचारिकता, कूटनीतिक भेटघाट र राजकीय समारोहमा टोपि अनिवार्यताको स्तरमा स्थापित हुँदा यसको महत्व व्यापक विकासशील सांस्कृतिक सहमति बनेर अघि आयो।

ग) ढाका टोपिको मौलिकता

ढाका कपडाको प्रयोगलाई पूर्वी नेपालका हातले कपडा बुन्ने तान हाते करघा परम्परा (विशेषतः भोजपुर, ताप्लेजुङ, काठमाडौं उपत्यका) सँग जोडेर हेर्न सकिन्छ। यसमा बनाईने ढाकाको बुट्टा नेपाली सौन्दर्य शास्त्रीय सोच, स्थानीय सिर्जनशीलता र हस्तकला अर्थतन्त्रको पहिचान हो। यसैले ढका टोपि आज संस्कृति + सृजनशीलता + राष्ट्रिय पहिचान को एकीकृत प्रतीक बनिसकेको छ।

बास्तबमा के नेपालीहरु मात्र टोपी लगाउछन र यो हाम्रो कुनै धार्मिक वा सॅस्स्कृतिक वा जातिय क्षेत्रिय अनिवार्यता हो त ? बिस्वमा धेरै सभ्यतामा टाउको ढाक्ने संस्कृति पाइन्छ । जस्तै मुस्लिम समाजको Taqiyah, पाकिस्तान/अफगान क्षेत्रको कराकुल, र अफ्रिकी समुदायको कूफी यी मध्ये धेरैमा धर्मिक अनिवार्यता छ भने भारतको नेहरू,गान्धी टोपी, राज्नितिक पहिचान वा जातीय मूलको आधार को रुपमा जोडिएको छ।

नेपाली टोपिको विशेषता भनेको

मापदण्ड नेपाली टोपि मुस्लिम/अरू देशका टोपि

मूल आधार पहिचान, संस्कृति, मर्यादा धर्म, राजनीति, जातीय पहिचान

बनावट ढाका बुन्दा, स्थानीय डिजाइन सादा/धार्मिक अनुकूल

उद्देश्य राष्ट्रियता र सामाजिक शिष्टाचार धार्मिक अनुशासन वा सामुदायिक आस्था प्रतीकात्मकता सांस्कृतिक आत्मपहिचान आध्यात्मिक/धार्मिक पहिचान यसैले नेपाली टोपि केवल  राष्ट्रिय मनोविज्ञानको दृश्य रूप हो, धार्मिक बन्धन होइन। नेपाली समाजमा टोपि लगाउनु टाउको ढाक्नु मात्र होइन, शिरमा पहिचान धारण गर्नु हो भन्ने मनोवैज्ञानिक अर्थहरू यस्तो देखिन्छन्:

मान, सम्मान र सभ्यताको नरमी

आत्मपरिचय र सामूहिक अस्तित्वको स्वीकृति

जरा सम्झाउने सांस्कृतिक गृह अस्तित्व

राष्ट्रप्रेम र सामाजिक दायित्वको प्रतीकात्मक भाषा

यसरी हेर्दा, नेपाली टोपि जनजातीय, धार्मिक वा वर्गीय विभाजनको पहिरन नभई समान पहिचानभित्र विविधताले बाँच्ने सांस्कृतिक लोकतन्त्र हो। समयको परिवर्तनले पहिरनको प्रयोगमा लचिलोपन ल्याए पनि प्रतीकात्मक अर्थ मेटिएको छैन।

केहि समय देखि टोपि: उत्सव, चाडपर्व र औपचारिक समारोहको सौजन्य चिह्न जस्तो र सामाजिक संजालहरुमा “हामी नेपाली हौँ” भन्न सक्ने पहनिने परिचयपत्र जस्तै बनेको छ।

मेरो निष्कर्श के हो भने नेपाली टोपिको शक्ति त्यसको कपडा वा बनावटमा मात्र छैन,यसले बोकेको इतिहास, पहिचान र सामूहिक चेतनामा छ।ढाका वा भोको टोपि लगाउनु धर्मको आज्ञा होइन,आफ्नो अस्तित्वलाई स्वीकार्ने सभ्य सांस्कृतिक भाषा हो।नेपाली टोपि मात्र पहिरन होइन हामि सबैको  परिचयको आत्म विश्वास  हो।

 भुर्तेल समाजशास्त्र, मानब शास्त्र र कानून शैक्षिक पृष्ठभूमिको साथै राजनीतिक संगठनात्मक एवं उद्योग व्यवसाय तथा श्रम व्यवस्थापनमा कार्यरत, यथार्थ, तथ्य र परिवर्तनशील चेतनामा आधारित लेखनमार्फत समाजसँग संवाद गर्दै आउनुभएको ब्यक्ति हुनुहुन्छ 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.