आनन्द पोखरेल
नेपाल अहिले राजनीतिक संक्रमण कालमा छ । २०२५ सेप्टेम्बरमा ७ मी “Gen Z protests” का नाममा ठूलो युव आन्दोलन भयो ! जसले भ्रष्टाचार, सामाजिक सञ्जाल प्रतिबन्ध, अनियमित शासन र युवाहरुको निराशालाई मुख्य मुद्दा बनायो । सेप्टम्बर ८ मा आन्दोलनले हिंसात्मक रूप लिँदा प्रधानमन्त्री के.पी. शर्मा ओलीको पदत्याग सम्म गरायो । संसद भबन , सिहदरवार सर्बच्चोअदालत जल्यो । ब्याबसासिक संस्थान जलाईयो सुरक्षा निकायका भबन र नीजि सम्पति जलाईयो । यो ध्वंस र आतंकबादी परिघटना थियो । यसैको जगमा संसद विघटन र असंबैधानिक सरकार निर्माण गरियो । यो नेपाली राजनीतिको यो भद्दा मजाक हो। सरकारको १०० दिन नेपाली जनताको समय र शक्ति बर्बाद भएको छ ! नेकपा एमालेको अध्यक्ष प्रम केपी ओली र एमालेको तेजोबद्ध गर्न र आलोचन गर्दै समय सकियोक छ पुन राजनीतिक दलले मुलुकलाई अगाडि बढाऊन सुन्यबाट यात्र प्रारम्भ गर्नु पर्नेछ ।
अस्थिरता र व्यवस्थागत संकट -संसद विघटन र अन्तरिम सरकार गठनले संविधान र लोकतान्त्रिक व्यवस्थाको मामिलामा ठूलो विवाद र असन्तुष्टि सिर्जना गरेको छ। मुख्य दलहरू (नेपाली कांग्रेस, एमाले आदि) को आन्तरिक मतभेद र चुनावमा सहभागिताबारे असहमतिहरू अझै जारी छन्। दलहरू भित्र र बाहिरको संघर्षएमाले, युनिफाइड सोसियलिष्ट, जसपा जस्ता पार्टीहरू भित्र नेतृत्व र अविश्वासको संघर्ष देखिन्छ, जसले स्थिर गठबन्धन र दीर्घकालीन नेतृत्व विकासलाई बाधा पुर्याइरहेको छ। पारम्परिक दलहरू जनता र विशेष गरी युवापुस्तासँग सम्बन्ध बनाइरहन असफल भएका आरोपहरू बढिरहेका छन्, जसले नयाँ राजनीतिमा नागरिकहरूको सहभागितामा शंका ल्याएको छ।
संकट मोचन - नेपालको वर्तमान संकट भावनाबाट होइन, वैचारिक स्पष्टता र निर्णायक कार्यान्वयनबाट समाधान हुन्छ।यसको समाधान जन नेता मदनभन्डारिले अगाडि सारेको जनताको बहुदलिय जनबादी सिद्धान्त बाट मात्र संभब छ जबजले भन्दछ , “बहुदलीय प्रतिस्पर्धा, संवैधानिक शासन, जनअधिकार र सामाजिक न्यायलाई स्वीकार गर्दै समाजवादतर्फ शान्तिपूर्ण र लोकतान्त्रिक रूपान्तरण गर्ने नेपाली मौलिक राजनीतिक सिद्धान्त हो”। यसैको प्रकाशमा आजको निकास खोज्नु पर्छ ।
आजको तत्कालिक काम संविधान बचाऊनु हो यसको लागि संसद पुनस्थापना र निर्वाचन गराऊनु हो यो नै दुई बिकल्प हामी संग छन । तर सरकार असंबैधानिक र कसैको स्वामित्व नभएको बेवारिस छ । जेन्जी र दलको स्वामित्व भएको सर्बदलिय सरकार वनाऊनु पर्छ । यसले समयमै निष्पक्ष निर्वाचन गरि निर्बाचित सत्ता पुनर्बाहाली गरि संवैधानिक निर्णयहरूको स्वतन्त्र न्यायिक समीक्षा अपरिहार्य छ। संविधान व्यक्तिका लागि होइन, राज्यका लागि हो। जनताले चहाना हो भन्ने संबिंधानको रक्षा र परिबर्तन गर्न सक्छन । । ऊनिहरुलाई नै यसको स्वामित्व दिनु पर्छ ।
दल र नेतृत्वमा पुनसंरचना - राजनीतिक दलको बिकल्प राजनीतिक दल हो । नेतृत्व पुनर्संरचना गर्ने अधिकार दलको महाधिबेशनको हो । नयां वा पुराना राख्ने वा फेर्ने दायित्व दलका सदस्यको हो । मुलत जनताले पुरानाको दोहोरिनु होइन, योग्य र युवा नेतृत्वलाई नीति–निर्माणको केन्द्रमा ल्याऊ भन्ने छ । यसको संबोधन आजको आबश्यकता हो माग छ । हामीले युवालाई आन्दोलनको शक्ति मात्र होइन, निर्णयको हिस्सेदार बनाऊ। नेतृत्वमा भर्ना गर प्रशिक्षत गर जबाफदेही बनाऊ र ऊस्मा बिशवास गर ।
सु शासन र भ्रष्टचारको अन्त्य -
ब्यक्ति होईन संस्था बलियो बनाऊ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, दलभित्र लोकतन्त्र, र अभिव्यक्ति स्वतन्त्रता नियमनबीच सन्तुलन अनिवार्य गराऊनु पर्छ । दस्ताबेजमा हामी यि बाक्य लेखछौ । तर ब्यबहारमा लागु गरिदैन। यसलाई भाषण र दस्ताबेजको बिषय नबनाऊ । ब्यबाहारमा कार्यन्बयनको अनिबार्यतामा जोड दिंऊ ।
निष्कर्ष
लोकतन्त्र नाराले होइन, आचरणले बाँच्छ।संविधानको सम्मान, युवाको सहभागिता र शुशानयुक्त शासन र भ्रष्टचार मुक्त समाज आजको आबशयकता हो राजनीतिक दलको जवाफदेहीता युक्त राजनीति नै नेपाललाई अहिलेको सॅकट मोचन गर्ने मार्ग हो । पोखरेल नेकपा एमालेको नेता हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.