आनन्द पोखरेल
सन्दर्भ त्रिपक्षिय सीमा लिपुलेकलाई दुई पक्षिय सहमति प्रश्न नेपालको सार्बभौम सत्ता ! नेपाल दुई ठूला छिमेकी भारत र चीन बीचको भूराजनीतिक त्रिकोणमा उभिएको सार्बभौम राष्ट्र हो । भौगोलिक अवस्थितीले नेपाललाई रणनीतिक महत्व दिएको छ । तर पर्याप्त आर्थिक, राजनीतिक र रणनीतिक सामर्थ्य नहुँदा नेपाल बेलाबेलामा छिमेकीहरूको चेपुवामा पर्न बाध्य भएको छ।
सार्वभौम राष्ट्रको कानुनी परिभाषा सबैलाई समान भए पनि व्यवहारमा यसको शक्ति आर्थिक स्वावलम्बन ,राजनीतिक स्थिरता,सामरिक सुरक्षा र कुटनीतिक सन्तुलन कायम गर्न नसक्दा भु राजनीतिक चापबाट मुक्त हुन सकेका छैनौ ।
नेपाललाई सामर्थ्यवान् सार्वभौम राष्ट्र बनाउन पाँच आधार क्षेत्रमा नेपालले काम गर्न पर्छ । आर्थिक आत्मनिर्भरता हुन निर्यात बढाउने, आपूर्तिमा बहुविकल्प खुल्ला गर्ने, पूर्वाधारमा लगानी बढाऊने । राजनीतिक स्थिरता र सुशासन कायम गरि भ्रष्टाचार नियन्त्रण, नीतिगत निरन्तरत कायम गर्ने । रणनीतिक राष्ट्रिय सुरक्षा ध्यान दिदै सुदृढ सीमा, आपतकालीन भण्डार, सैन्य आधुनिकीकरण गर्न तर्फ ध्यान जानु पर्छ । सबैसंग मित्रता छैन कसैसंग सन्तुलित सिद्धान्तमा कूटनीति परिचालन गर्दै भारत र चीनसँग समानता आधारित दूरी कायम राखि बहुपक्षीय सक्रियता बढाऊनु पर्छ। मानब पॅुजी ,प्राविधि , प्रबिधिक शिक्षा, अनुसन्धान र डायस्पोराको ज्ञान सीपलाई प्रयोग गरि राष्ट्रलाई सामर्थ्यवान बनाऊनु पर्छ । अनिमात्र कसैले नेपाललाई हेप्न सक्दैन । यसको लागि थप निम्न कार्य सम्पादन गर्नु पर्छ । आपूर्ति शृंखला र इन्धनमा बहुविकल्प खुला गर्दा नाकाबन्दीको प्रभाव घट्छ। ऊर्जा पानी पर्यटनमा पारस्परिक निर्भरता कायम गर्दा छिमेकीसँग ‘mutual stakes’ बढ्छ । सबै विषयमा स्पष्ट लालरेखा र मानक निर्माण गर्नु पर्छ । सबै परियोजना राजनीतिक हस्तक्षेपभन्दा माथि नियमसंगत बनाऊदै बलियो र स्थिर शासन कायम गर्दै जनतालाई सेवा सुबिधामा प्रभाबकारी सुधार गर्दै बाह्य दबाबभन्दा घरेलु नीति विधिहरुको संस्थागत बिकास गरि शक्तिशाली मानब पॅुजी दीर्घकालीन बिकास , स्वतन्त्र निर्णय गर्न सक्ने क्षमताको बिकास गर्रि नेपाल राष्ट्र जनता र राजनीतिक दल एकताबद्ध भयौ भने राष्ट्रको सामर्थ्य बढछ र हामी हेप्न खोज्नेहरुको हेपाइ र दवाब बाट नेपाल मुक्त हुनेछ । पोखरेल नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य हुनुहुन्छ
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.