१ भदौ २०८२, आइतवार

त्रिपुरा समुहद्वारा थेरापी सञ्चालन

सन्तोष बोहोरा , काठमाडौं । त्रिपुरा समुहले राजधानी काठमाडौंको पेप्सीकोला फुटवल ग्राउण्डमा फिजियो थेरापीसेवा सञ्चालन गरेको छ । मेरुदण्ड, ढाड, नसा च्यापियको,पक्षघात, मुख बाँड्गिने, हड्डि खिइएको, घुडा तथा अन्य जोड्नेहरु दुख्ने, शरीर झम्झमाउने, अंङ्गहरु पोल्ने, शरीर सन्तुलन नहुने तथा नशा सम्वन्धी रोगहरुको उपचारको लागि थेरापी संचालन गरेको हो ।   सञ्चालक मनिषा कार्की 'हामीले फिजियो थेरापी अकुप्रेशर थेरापी, कपिड थेरापी, टिइन्स थेरापी, अल्ट्रासाउण्ड, टक्सन थेरापी जस्ता विशेष विधिबाट उपचार गराउनेछौं'  भन्नु भयो । सिन्धुपाल्चोकका व्यापारीक पुस्तैनी व्यवसायी समुह अन्तरगतको मोवाइल व्यवसाय, चक्लेट, सिम सेवाका साथै यो थेरापी सेवाले पनि आम जनमानसमा स्वास्थ्य सेवाले थप पृथक कार्य गर्ने कुरा समुहका एक सदस्य सरोज बोहराले  बताउनु भयो । यस समुहले व्यवसायीक आकाशमा आफुलाई स्थापित गर्न संघर्षरत छ । सो थेरापी युवा व्यवसायी नवराज विष्टले रिवन काटि शुभारम्भ गर्नुभयो । उक्त थेरापीको उद्घाटन कार्यक्रममा  टेकान्पुर मैत्री समाजका अध्यक्ष मोहनबहादुर बोहरा, रिता ट्रेडसकी प्रमुख नानु बोहरा, व्यवसायीहरु तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.