मेलम्ची । जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ औपचारिक रूपमा सुरु भएको छ। दुवाचौरस्थित वडा खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना युवा क्लब छापले विजयी सुरुवात गरेको छ।
उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले योङ स्टार क्लब दुवाचौरलाई २–१ को सेटमा पराजित गर्यो।
यसैगरी, आज भएका अन्य खेलहरूमा थाक्ले युवा क्लबले इन्द्रावती गाउँपालिकालाई पराजित गरेको छ भने सेलले युवा क्लबले आयोजकको ए टोलीलाई हराएको छ। त्यस्तै, त्रिशक्ति युवा क्लब मेलम्ची–९ ले वनकाली युवा क्लब जुगलमाथि सोझो सेटमा जित हासिल गरेको खेल संयोजक कविन तामाङले जानकारी दिएका छन्।
नमुना युवा क्लबको आयोजनामा तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ। प्रतियोगितामा जिल्लाभित्रका आठ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ, उपविजेताले ६० हजार, तेस्रो स्थान प्राप्त गर्ने टोलीले ३५ हजार र चौथो हुने टोलीले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.