२६ माघ, भक्तपुर । भक्तपुर जिल्लामा पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु गरिएको छ । अभियानको औपचारिक उद्घाटन सोमबार सूर्यविनायक नगरपालिका–४ मा रहेको अरनिको माध्यमिक विद्यालयबाट बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मन्त्री थापाले किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि एचपीभी खोप अत्यन्तै प्रभावकारी रहेको उल्लेख गर्दै यसले उनीहरूको भविष्य सुरक्षित बनाउन सहयोग पुग्ने बताए । साथै, अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सरोकारवाला निकायप्रति उनले आभार व्यक्त गरे ।
सरकारले गत वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत १ लाख ९८ हजार किशोरीलाई एचपीभी खोप प्रदान गरेको जानकारी दिँदै मन्त्री थापाले अब प्रत्येक वर्ष कक्षा ६ मा अध्ययन गर्ने किशोरीहरूलाई नियमित रूपमा यो खोप उपलब्ध गराइने व्यवस्था गरिएको स्पष्ट पारे ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव तथा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुमित्रा गौतमले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार महिलाको ज्यान जाने गरेको तथ्यांक रहेको बताइन् । यही जोखिम न्यूनीकरण गर्न सरकारद्वारा खोप अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार एचपीभी खोप अभियान फागुन १ गतेसम्म सञ्चालन हुनेछ । यस वर्ष जिल्लाका ३५ वटा स्वास्थ्य संस्था तथा खोप केन्द्र र ८० वटा विद्यालयमार्फत ३ हजार ८ सय ९४ जना किशोरीलाई खोप लगाइने लक्ष्य लिइएको छ ।
लक्षित समूहमा कक्षा ६ मा अध्ययनरत ३ हजार ८ सय ९४ जना किशोरी, १० वर्ष उमेर समूहका १६३ जना तथा गत वर्ष खोप छुटेका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरी समावेश छन् ।
कार्यालयका अनुसार भक्तपुरमा अन्य जिल्लाका लागि समेत खोप भण्डारण केन्द्र रहेकाले आवश्यकता अनुसार थप खोप उपलब्ध गराउन सहज हुनेछ । विद्यालय बाहिर रहेका, इँट्टाभट्टामा काम गर्ने तथा गत वर्ष खोप लिन छुटेका किशोरीहरूलाई पनि यसै अभियानअन्तर्गत खोप दिने व्यवस्था गरिएको
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.