५ माघ २०८२, आइतवार

सिन्धुपाल्चोकका युवा क्रीकेटर सार्थक धिताल कोशी प्राइड लिगमा छनौट

माघ ४ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका प्रतिभाशाली र राम्रो सम्भावना बोकेका क्रीकेटर सार्थक धिताल “नेपालकै सबैभन्दा ठूलो घरेलु लिग ‘कोशी प्राइड लिग’ सिजन–३ अन्तर्गत ‘बी’ क्याटेगोरीमा बिर्तामोड हिट्समा  

आबद्ध भएका छ्न ।”सिन्धुपाल्चोकका क्रीकेटर धिताल कोशी प्राइड लिगमा बिर्तामोड हिटसमा आबद्ध भएका हुन ।धितालले बागमती प्रदेश अन्डर १६ को क्याप्टेन तथा नेपालको अन्डर १६ क्लोज क्याम्पमा समेत सहभागी भै सकेका छन ।त्यस्तै धितालले बागमती अन्डर १९ , पी एम कप सेलेक्सनमा काठमाडौ जिल्लाबाट खेलेका छन भने सिन्धुपाल्चोक जिल्लाका कप्तान हुन ।

त्यस्तै धितालले पाँचपोखरी टि-२० मा पाँचपोखरी क्रीकेट क्लबको क्याप्टेन रहेर लगातार २ पटक क्लबलाई उपाधी जिताउन सफल भएका छ्न ।

नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृती दिएको प्रतियोगितालाई कोशी प्रदेश र सुनसरी जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.