२७ पुष २०८२, आइतवार

म एउटा त्यस्तो  शान्तिको खोजीमा छु,

कृष्ण कुमारी पौडेल खतिवडा 

जहाँ मलाई खोज्ने  कोही  नहोस् 

माया,मोह प्रेम घृणा  सबैले 

हल्लाउँदै यो मनलाई सोध्ने कोही नहोस् 

म मै भएर जिउन चाहन्छु 

सधैं  अरुको पछि लागेर होइन 

मआफै भित्र  रहेको  कोमल भावनालाई  स्नेहका हातहरले सेपश गर्ने  चाहन्छु ।

म एउटा  त्यो  शान्तिको खोजीमा छु

जहँ मलाई  अल्झाइ दिने  कोही  नहोस

 लोभ लालच धम्की  र तिरस्कारले घरिघरि  बल्झाइने कोही  नहोस् 

म मै भित्र हराउन चाहन्छु  

सधै बाहिरी  हाहाकारमा रुमलिएर होइन 

म आफैभित्र रहेको  अदृश्य  पीडितलाई 

संयमताको सान्त्वना रुपी मलम लगाउन  चाहन्छु 

म त्यस्तो  एउटा  शान्तिको खोजीमा  छु

म त्यो  एउटा शान्तिको खोजीमा छु

जहाँ माया नै माया होस

स्नेह होस

विश्वास  समथन,अपनत्वले सँगाल्दै

यो आत्मसात ,आत्माबोधी बनाहोस

म मै भित्र रम्न चान्छु सधैं अरुको दास बनेर होइन 

म  आफुभित्र रहेको  ,अदृश्य  शक्तिलाई 

अन्तष्करण भित्र पुगेर चिन्न चान्छु

सन्दर्भ सामग्री , अस्तित्वको खोजी । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.