राजन श्रेष्ठ , काठमाडौं । राजधानीको पेप्सीकोलामा रहेको पुरानो सिनामंगल बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको पूर्व अध्यक्ष तथा सिए शम्भु पौडेलको प्रमुख आतिथ्यतामा सो सहकारीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सो कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष जीतबहादुर भुजेलले गर्नु भयो । साथै उहाँले सञ्चालक समितिको तर्फबाट आ.व. २०८१/०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाको बार्षिक नीति तथा कार्यक्रम प्रगति प्रतिवेदन सचिव सरिता कक्षपतिले प्रस्तुत गर्नुभयो ।
आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष बोहराले पेश गर्नुभयो । प्रस्तावित सबै प्रस्तावहरु शेयर सदस्यहरुबाट सर्वसम्मत पारित भएको छ।
संस्थाको शेयर पूँजी ६६,८६,०००/ रहेको छ भने सम्पत्ति ६१,३०,११७०।२९ र दायित्व ५३,०६,४९४०।२२ रहेको छ । संस्थलाई सो क्षेत्रको प्रतिष्ठित तथा अब्वल संङ्गठनको रुपमा हेरिएको कुरा व्यवस्थापक रोजिना सापकोटाले हामीलाई जानकारी गराउनु भयो । अतिथिहरुमा क्रमश शुभप्रभात साकोसका पूर्व अध्यक्ष शम्भुबहादुर तिमल्सिना, जिल्ला सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष दीपकविक्रम थापा लगाएतको उपस्थिति रहेको थियो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.