सिन्धुपाल्चोक । ईलेक्ट्रो पावर कम्पनी लि. द्धारा निर्माणाधिन भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ब्रेकथ्रु भएको छ । ४४ मेगावाट क्षमताको आयोजनाको २ हजार ६ सय ३८ मिटर लामो सुरुङको ‘ब्रेकथ्रु’ सोमबार भएको हो।
करिब ८ अर्ब लगानीमा बन्दै गरेको उक्त आयोजनाको सुरुङ्गको "ब्रेक थ्रु" आयोजना स्थलमा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले संयुक्त रूपमा स्विच अन गरेर गरेका हुन ।
आयोजनाले अबको सात महिनाभित्र उत्पादन गरिने विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । यस आयोजनाबाट राष्ट्रिय ग्रिडमा थप विद्युत आपूर्ति हुने भएकाले ऊर्जा क्षेत्रमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय तहका प्रतिनिधिहरूले आयोजना सञ्चालनमा आउँदा रोजगारी, सडक र पूर्वाधार सुधार तथा स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.