९ भदौ २०८२, सोमवार

सुकुटेका रिसोर्टहरुमा गुण्डागर्दी गर्नेलाइ कारबाही गर्न व्यवसायीहरुको माग

चौतारा । रातको समयमा रिसोर्टमा गुण्डागर्दी गर्नेलाइ कारबाही गर्न व्यवसायीहरुले माग गरेका छन । सुकुटेको सुकुटे बिच रिसोर्टमा रातको  रातको समयमा आएर काम गर्नेलाइ कुटपिट गर्ने, गेट तोड्नेलाइ कारबाही गर्न जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयलाइ व्यवसायीहरुले माग गरेका हुन । आइतबार जिल्ला प्रहरी तथा प्रशासन कार्यालयमा व्यवसायीहरुले गुण्डागर्दे गर्नेलाइ कारबाही गर्न माग दिएको निवेदनमा  "जिल्ला प्राकृतिक हिसाबले सुन्दर जिल्ला हो । राजधानी काठमाडौंबाट निकै नजिक रहेको यो जिल्लामा आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक र पर्यटनको प्रचुर सम्भावना रहेको छ । जिल्लामा अन्य विकास जस्तै पर्यटन क्षेत्रको विकासको समेत उत्तिकै सम्भावना रहेको छ । सिन्धुपाल्चोक जिल्लाको पर्यटन प्रर्वद्वन मार्फत यहाँको आर्थिक जीस्वनस्तरलाई उकास्ने हिसावले सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ गठन भएको हो। यो संघ गठन भएयता एक बर्षको बीचमा थुप्रै गतिविधिहरु सम्पन्न भईसकेका छन् । सिन्धुपाल्चोकको सुकुटेलाई चिनाउन संघले थुप्रै रचनात्मक क्रियाकलापहरु सञ्चालन गरिसेकेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले समेत सुकुटे करिडोरलाई पर्यटीय क्षेत्र घोषणा गरिसकेको छ । सोही अनुसार सिन्धु सुकुटे पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन प्रर्वद्वनका गतिविधि तथा कार्यक्रमहरु यसले यो क्षेत्रको समग्र पर्यटन क्षेत्रको विकासमा ठुलो टेवा पुगको हाम्रो ठम्याई छ । पर्यटनसंग सम्बन्धी गतिविधिहरु चलायमान हुँदा होटल तथा रिसोर्टहरु पनि त्यतिनै चलाएमान हुँदा रहेछन् ।

जसले स्थानीयको आर्थिक आधार बन्दै राज्यलाई भरपर्दो आम्दानीको श्रोत बनिरहेको छ । एउटै रिसोर्टले स्थानीय सरकार देखि केन्द्रीय सरकारलाई लाखौं बुझाएको तथ्यले त्यो कुराको पुष्टि गर्दछ । स्थानीय सरकारले समेत हामी (होटल तथा रिसोर्ट) व्यवसायीहरुबाट लिएको कर आर्थिक आम्दानीको भरपर्दो माध्यामको रुपमा लिएको छ । तर आज व्यवसायीहरुलाई ढुक्कले आफ्नो व्यवसाय गर्ने वातावरण छैन । बाढीपहिरो लगाएत प्राकृतिक प्रकोपले व्यवासयीहरुको करोडौँको नोक्सानी परेको अवस्था छ । त्यसमाथि हामी व्यवसायीहरुलाई आफ्नो व्यवसाय गर्नबाट केही अवरोधहरु समेत हुँदै आएको छ । सुकुटे करिडोर क्षेत्रका हामी सबै व्यवसायीहरु एउटै संस्थाको छातामुनि भईरहँदा एउटा व्यवसायी अन्यायमा पर्दा हामी सबै व्यवसायीहरुको साझा समस्याका रुपमा हामीले लिएका छौं । केही दिनअघि मात्र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष तथा सुकुटे बीच रिसोर्टका सञ्चालक महेन्द्रसिंह थापाको रिसोर्टमा भएको गुण्डागर्दी यसको ज्वलन्त उदाहरण हो । यस अघि पनि याहाँका विभिन्न रिसोर्टहरुमा यस्ता घटनाहरु भइरहेको अबगत गराउद छौ। केही व्यक्तिहरुको उक्सावटमा २०८२ साल भदौ ६ गते राती १०:४५ बजेको समयमा चौतारा साँगाचोकगढी नगरपालिका-९ स्थित सुकुटे बिच रिसोर्टको गेट फोरी केही गुण्डाहरुको समुहले रिसोर्टमा काम गर्ने नुवाकोट घर भई बर्ष ३८ को सुरेन्द्र केसी लाई आक्रमण गरी घाईते बनाएको घटनाको ध्यानर्षण गराउँदै उक्त घटनाको घोर भर्सना गर्दछौं । उक्त गुण्डागर्दीमा संलग्न वलेफी गाउँपालिका वडा नम्बर ५ का लिला गिरी, कमल श्रेष्ठ, गणेश श्रेष्ठ, देव केसी, रंजित श्रेष्ठ, श्रृजन कार्की र ठेगाना नखुलेको सुनिल तामाङ समेतको आक्रमणबाट घाईते रिसोर्टमा कार्यरत कर्मचारी केसीलाई उपचारको लागि तत्काल सिन्धु सदाबहार अस्पताल खाडिचौर र थप उपचारको लागि काठमाडौं लगिएको समेत जानकारी गराउँदछौं । उक्त घटनामा गुण्डागर्दी शैलीमा संलग्न व्यक्तिहरुलाई तुरुन्त पक्राउ गरी कानुनी कारवाही गर्न माग गर्दछौं । साथै यस्ता गुण्डागर्दीका घटना दोहोरिन नदिन र सबै होटल तथा रिसोर्टहरुमा सुरक्षाको प्रत्याभूति गरिदिन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको ध्यानआर्कषण गरादछौं । दिनहु हुने यस्ता गुण्डागर्दीका कारण रिसोर्टमा आउने आन्तरिक तथा वाह्य पर्टटकहरुलाई ठूलो असर पर्न गई समग्र पर्यटन क्षेत्र समेत प्रभावित हुने हुँदा उक्त घटनाको निश्पक्ष छानविन गरी दोषी उपर कडा भन्दा कडा कारवाही गर्न हामी व्यवसायीहरुको छाता संगठन सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ जोडदार माग गर्दै यो ज्ञापनपत्र पेस गर्दछ" भनेका छन ।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.