काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा आमालाई विशेष दिनमा मात्र होइन सधैंभरी आदर गर्नुपर्ने बताउनुभएको छ । बुबाको मुख हेर्ने दिन अर्थात कुशें औशीको दिन शुभकामना सन्देश दिदै सो कुरा बताउनु भएको हो । आफ्ना ९६ वर्षीय बुबासँगको भेटको तस्विर सहित शुभकामना दिंदै प्रधानमन्त्री ओलीले यस दिनलाई पितृ सम्मानको प्रतिकात्मक दिनका रुपमा लिनुपर्ने बताउनुभएको छ । ‘आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसी । बिहानै बुबासँग आर्शिवाद लिएँ ।’ उहाँले आज विशेष दिन भएकोले टाढा टाढा रहेका छोराछोरी पनि बुबाको मुख हेर्न आउने भएकोले विशेष दिन मानिएको उल्लेख गर्नुभएको छ । ‘बुबाको मुख हेर्ने दिन हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो । बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन,सधैं आदर सम्मान गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ‘टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो ।’
प्रधानमन्त्री ओलीले आफू ४ वर्षको हुँदा आमाको निधन भएको स्मरण गर्दै उहाँको धमिलो अनुहार मात्र आफ्नो स्मरणमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले सबैका जीवित पितालाई नमन् र विंगत पितालाई श्रद्धा सहित बुबाको मुख हेर्ने दिनको शुभकामना दिनु भएको छ ।
प्रधानमन्त्री ओलिले सामाजिक सञ्जालमा "म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ। आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औंसी अर्थात् कुशे औँसी । बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो। बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैं आदर, सम्मान गर्नु पर्छ। टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो । बुबा ९६ वर्षको हुनुभयो। कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ । बुबासँग एकछिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए। उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ। सबैका जीवित पिताहरुलाई नमन, दिवंगत पितृहरूलाई श्रद्धा। बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना ! लेख्नु भएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.