३०, साउन, हेटौंडा । बागमती सरकारले पुर्णाता पाएको छ तर बहादुर पक्ष भने अझै असन्तुष्ट रहेको छ । पछिल्लो पटक काङ्ग्रेस बाट ५ जना मन्त्री नियुक्ति भएपछि बागमती सरकारले पुर्णता पाएको हो । बहादुर लामा पक्षलाइ ३ जना मन्त्री दिने भनेर विश्वासको मत लिएपनि त्यो संख्याको मन्त्री बहादुर पक्षले नपाएपछि असन्तुष्ट भएको हो । पुर्णता पाएको मन्त्री मन्डलमा निम्न जिम्मेवारीमा मन्त्रीहरु छन ।(१) मा. इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री (२) मा. मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय (३) मा. शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय (४) मा. किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय (५) मा. उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय (६) मा. कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय (७) मा. डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय (८) मा. प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय (९) मा. भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय (१०) मा. सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय (११) मा. जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय (१२) मा. कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय (१३) मा. विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय (१४) मा. विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको छ ।
यस सन्दर्भमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले "नेपाली कांग्रेसका सम्माननीय पार्टी सभापति शेरबहादुर देउवा ज्यूको वचन विगतमा सधैं दृढ र विश्वासिलो मानिँदै आएको छ। तर, यसपटक बागमती प्रदेश सरकार गठनको प्रक्रियामा बहादुर लामालाई धोका दिई, श्रेय अन्य व्यक्तिलाई दिने प्रयास भएको देखिन्छ, जुन कुनै पनि हिसाबले न्यायसंगत होइन भन्ने कुरा स्पष्ट हुन्छ। जनजाति, मधेशी र दलित समुदायको हकअधिकारमाथि प्रहार गर्ने, उनीहरूको योगदानलाई बेवास्ता गर्ने वा हेप्ने कुनै पनि प्रवृत्ति स्वीकार्य छैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ। यस्तो अन्यायपूर्ण कदमको परिणाम निकट भविष्यमै प्रष्ट हुँदै जानेछ। त्यसैले यी समुदायका सबै सदस्यहरूले यो विषयलाई गम्भीरतापूर्वक बुझी, समयमै सचेत, संगठित र ऐक्यबद्ध रहनु अपरिहार्य छ भन्ने कुरा हामी दृढतापूर्वक घोषणा गर्दछौं" भनेका छन ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.