७ चैत २०८२, शनिवार

कविता

हुमकला पाण्डे 

स्वबोध "खुला आकाश तिमी”                        

म को हुँ?

हावासँग सोधें,

तिमी मेरो श्वासमा बग्ने अनन्त यात्रा

सुन्दर संसारको अनुभूति।

आकाशतिर हेरेँ,

त्यहाँ प्रभूको निःशब्द आभाश भेटेँ,

नीलो फराकिलो शून्यभित्र

हराएको पहिचान मुस्कुराउँदै।

जब म हराएँ,

अन्तर आत्माले हात दियो,

आफ्नै बाटोमा फर्किँए,

जहाँ म स्वयं प्रकाश थिएँ,

अँध्यारो केवल भ्रम मात्र।

झन झन झरना सुन्दर प्रकृति अनुपम

प्रत्येक पातमा, प्रत्येक फूलमा,

ईश्वरीय तत्व नाचिरहेको,

र तिमी पनि त्यही नृत्य हौ।”

यत्र तत्र सर्वत्र

आभास तिम्रो फैलिएको,

प्रेमको सूक्ष्म कम्पनमा,

म आफैंलाई भेट्दैछु।

ज्ञानको ज्योतिर्लिङ्ग

मेरो हृदयमा प्रज्वलित,

रह्यो जहाँ न दुःख बाँकी 

न कुनै अलगाव

एकाकार अनौठो आभास।

जन्म मृत्युको चक्रबाट पर

एक शाश्वत शान्ति छ,

जहाँ सत्य, शिव र सुन्दर भाव।

प्रत्येक स्पन्दनमा बाँचिरहेका

हे चेतनाका गुरू,—

म केवल शरीर होइन,

म अनन्त चेतना हुँ,

मेरो संसार मभित्रै छ 

आत्माको गहिराइबाट उम्रिएको

शुद्ध आनन्द, 

स्वबोधको आँखा खुल्दा

सबै रहस्य उजागर हुन्छ।।(ओशो सम्बोधी दिवसका अवसरमा)

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.