डा. टिका ढकाल
"बदलिनु पर्छ"
वचन मिठा, आँखामा झुठको चस्मा फालि ,
अब सत्यको बाटो देख्न , बदलिनु पर्छ।
देशको सपना बेचेर निजी स्वार्थ धेरै देखियो
अब राष्ट्रिय भविष्यको खातिर बदलिनु पर्छ।।
पुराना अभ्यास, भ्रष्ट परम्परा रोक्न
अब नवीन सोच बोकि बदलिनु पर्छ।
जनताको हृदयमा भरोसा कायम राख्न,
सहयोग, न्याय र ईमानम बदलिनु पर्छ।
सिर्जनशीलता, ज्ञान र क्रियाशीलता नत्र,
देशको उद्धार सम्भव हुँदैन, बदलिनु पर्छ।
अब फेरि उहीँ कुरा होइन, परिवर्तन अनिवार्य,
नवीनतम सोच र कार्यदिशा बदलिनु पर्छ।
नेता जागृत हुनुपर्छ, जनता सचेत हुनुपर्छ,
समानता, न्यायका लागि बदलिनु पर्छ। ।
राजनीति केवल स्वार्थको खेल होइन,
देश र जनताको हितमा , बदलिनु पर्छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.