सबिता न्यौपाने, पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक रुपेश खरेलको मृत्यु भएको छ ।
आज बिहान सिराहाबाट बनेपा धुलिखेल हुँदै पाँचखाल तर्फ आउदै गरेको ना ७ ख ७२१४ नंवरको ट्रकले सोहि दिशाबाट कोशीपारि जाँदै गरेको बा ९३ प ११७० नंवरको मोटरसाइकललाई ट्रकले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।
प्रहरी चौकी पाँचखालका प्रहरी निरिक्षक प्रशान्त तामाङलेदिएको जानकारी अनुसार ट्रकको ठक्करबाट घाइते भएका खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोपनि अस्पतालले तुरुन्तै मृत घोषणा गरेको हो ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.