भक्तपुरमा सञ्चालनमा रहेको होटल भादगाउँ एण्ड रिर्सोट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले १५ लाख कित्ता सेयर निष्काशन गरी १५ करोड रुपैयाँ संकलन गर्ने योजना बनाएको छ।
आईपीओबाट उठेको रकम होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्न तथा पूर्वाधार विकासमा खर्च गरिनेछ। सेयर निष्काशन प्रक्रिया अघि बढाउन कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सम्झौतासम्बन्धी आयोजित कार्यक्रममा होटलका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन्।
नेवारी वास्तुकलामा निर्माण गरिएको होटल भादगाउँ सन् २०२१ देखि सञ्चालनमा आएको हो। युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको मुटुमा अवस्थित यस होटलले सांस्कृतिक आतिथ्य सेवाको पहिचान बनाउँदै आएको छ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.