१५ साउन २०८२, बुधवार

रूसमा ८.८ म्याग्नेच्यूडको भूकम्प

काठमाडौं । रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

कामाचाट्कास्थित प्रशान्त महासागरको १९.३ किलोमिटर गहिराई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

कामाचाट्काका गभर्नर भ्लादिमिर सोलोडोभले अत्यन्त शक्तिशाली धक्का महशुस भएको बताए।

'यो दशकौंयताकै सबैभन्दा गम्भीर भूकम्प हो,' उनले भने। उनका अनुसार भूकम्पबाट एउटा विद्यालय ध्वस्त भएको छ।

समुद्रीमा केन्द्रबिन्दु बनाएकाले भूकम्ले धेरै ठूलो क्षति नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण आइसकेको छैन।

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.