१५ भदौ २०८२, आइतवार

सुनकोसी बहुमुखी क्याम्पस २५औं वर्षमा

लामोसाँघु । सिन्धुपाल्चोकको सबैभन्दा पुरानो क्याम्पस सुनकोसी बहुमुखी क्याम्पस २५ वर्षमा प्रवेश गरेको छ । आइतबार एक कार्यक्रमकासाथ उक्त क्याम्पसले २५औं वार्षिकोत्सब मनाएको हो ।  नेकपा एमालेका केन्द्रिय सदस्य सरेश नेपालको प्रमुख आतिथ्यतामा उक्त  क्याम्पसले आइतबार २५ औँ वार्षिक उत्सव, क्याम्पस सभा तथा स्ववियुद्वारा प्रकाशित शैक्षिक आवाज विमोचन कार्यक्रम गरेको हो ।

बागमती प्रदेश सरकारका पूर्वमन्त्री समेत रहनु भएका नेपालले  सुनकोसीबहुमुखी क्याम्पस स्थापना देखि संघर्ष गर्दै आउनुभएकाहरुको स्मरण गर्दै लामोसाँघु क्षेत्रलाइ शैक्षिक हवको रूपमा विकास गर्नपर्नि बताउनु भयो । सोहि कार्यक्रममा विशेष अतिथिको रूपमा  नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, तृपुरासुन्दरी गाउँ पालिकाका अध्यक्ष भक्तध्वज बोहरा, बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबगादुर तामाङ ,नेपाली काङ्ग्रेसका नेता भुपेन्द्र थापा रहनु भएको थियो । बागमती प्रदेश सभा सदस्य अमृता नेपालले सामुदायिक क्याम्पस प्रदेश सरकार अन्तर्गत पर्ने भएकोले सुनकोसी बहुमुखी क्याम्पसको लागि बागमती प्रदेशबाट गर्न पनि साथ सहयोग यस अघि पनि भएको र आगामी दिनमा पनि निरन्तर भैरहने बताउनु भयो । कार्यक्रममा जग्गा दाता, स्थानीय शैक्षिक व्यक्तित्व हरुको उपस्थिति रहेको थियो । सो अवसरमा वृक्षारोपण कार्यक्रम पनि भएको जानकारी स्ववियु सभापति कृष्ण न्यौपाने दिनुभयो ।  क्याम्पसको प्रशासनिक प्रतिवेदन क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले र आर्थिक प्रतिवेदन क्याम्पस संचालक समितिका कोषाध्यक्ष नातीकाजी कार्कीले प्रस्तुत गर्नु भएको थियो । । स्ववियुले प्रकाशन गरेको शैक्षिक आवज नामक पुस्तकमा २०६० साल देखिको स्ववियुको गतिविधि समेटिएको र त्यसलाइ निरन्तरता दिने स्ववियु सभापति न्यौपानेले बताउनु भयो । क्याम्पसको वार्षिक उत्सव क्याम्पस संचालक समितिका  अध्यक्ष सुकदेव तिमल्सिनाको अध्यक्षतामा र सहायक क्याम्पस प्रमुख मोहनप्रसाद  सुवेदीको संचालमा भएको थियो । 

सम्बन्धित समाचारहरु

हामीसंग जोडिनुहोस
हामीसँग सम्पर्कमा रहनुहोस

सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण

सिन्धुपाल्चाेक, चाैतारा, नेपाल

9851207970

sindhupost@gmail.com

© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.