काठमाडौं । आउँदो असोज १ गतेबाट लागु गर्न खोजिएको इम्बोष्ड नम्बर प्लेट प्रति सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालको पनि असहमति जनाएकोछ । एक प्रेस विज्ञप्ति जारी गर्दै बिकसिदेशको नक्कल गरेको, सूचना बाहिर लैजान लागेको भन्दै असहमति जनाएको हो ।
महासचिव भरत नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा "पुर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको मिति २०८२।०५।०३ गते जारी सूचनाबाट नेपालको पान्डु लिपी नेपाली भाषा नै लोभ हुने राष्ट्रिय स्वाभिमान र राष्ट्र माथि नै आच आउने गरी यातायातका सवारी साधनहरुमा हाई सेक्रेटरी ईम्वुष्ड नम्बर राख्न मिति २०८२ साल असोज १ गते बाट सार्वजनिक, पर्यटन र ढुवानी यातायातका सवारी साधनहरुमा समेत अनिवार्य जडान गर्न जारी यातायात व्यवस्था विभागको सो सूचना प्रति यस महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।
देशमा कुनै पुर्वाधार विना पुर्वाधार सम्पन्न देशको प्रविधि भित्राई आम नागरिक सिंगो व्यवसाय क्षेत्र माथि ठोस आधार विनाको थप आर्थिक पेभार हुने गरी विदेशी ठेकेदार कम्पनीसंगको सहकार्यमा सरकारी पक्षवाट एक पक्षिय रुपमा भएको यस किसिमका निर्णयहरुवाट सुरक्षाका कारण झन खतरा नेपालीको गोपनीयता सम्पुर्ण विवरण विदेशीको नियन्त्रणमा रहने, राष्ट्र नै कमजोर हुनेगरी यातायात व्यवसाय क्षेत्रमा जडान गर्न अनिवार्य गरिएको ईम्बुष्ड नम्बर प्लेट हरेक कारणवाट तत्काल प्रभावकारी व्यवासायी हित विपरित र व्यवहारीक नभएकाले सार्वजनिक, पर्यटन, ढुवानी र निजी प्राईभेट यातायातका सवारी साधनहरुमा समेत अनिवार्य गर्न खोजिएको प्रति आम नागरिक समाज, संचार जगत, कानून व्यवसायी लगायत सम्पुर्ण यातायात क्षेत्र सबै गम्भिर भई दिनुहुन समेत हार्दिक अनुरोध गर्दछौ । सरकार, प्रत्यक्ष सरोकारहरु पक्षहरु विचको छलफल संम्बादका विच देखिएका अव्यवहारीक विषयहरुको संसोधन सुधार विना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राईभेट सम्पुर्ण यातायात क्षेत्रको तर्फवाट सो ईम्बुष्ड नम्बर प्लेट जडा नगर्नु हुन सबैमा हार्दिक अनुरोध छ। जवरजस्ती रुपमा प्लेट जडान गर्न खोजीए परिस्थिति उपज हुने विरोध दबावका थप गतिविधी प्रति स्वयम यातायात मन्त्रालय मातहत निकायहरु नै जवाफदेयी हुने व्यहोरा यसै विज्ञप्ती मार्फत सबैमा जानकारी गराईन्छ" भनिएको छ ।
सिन्धुपोष्ट साप्ताहिककाे अनलाइन संस्करण
सिन्धुपाल्चाेक, चाैतारा, नेपाल
9851207970
sindhupost@gmail.com
© Sindhupost All right reserved | Design by: Bright Technology Nepal Pvt. Ltd.